"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
आफ्ना शिष्यहरुका साथ बंगाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर [[पशुपतिनाथ]]को पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्।
यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।
 
[[चित्र:Pahupati nath|thumbnail|पशुपतिनाथ ]]
शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले ।
सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए ।
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउं ठाउंमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि [[माधवाचार्य]] आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ <ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५|location=काठमाडौं}}</ref> सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।<ref>{{cite book|last1=लेभी|first1=सिल्भां अनुवादक– डिल्लीराज उप्रेती|title=नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २|date=सन् २००७|publisher=हिमाल किताब}}</ref>
 
==आचार्य शङ्कर रचित ग्रन्थहरु==
आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सार्वधिक महत्त्वपूर्ण कृति हो । [[गीता|श्रीमदभगवद्गीता]]को शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन्, यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ । <ref>{{cite book|last1=अपूर्वानन्द|first1=अनु. बाबु राम ज्ञवाली|title=शङ्कराचार्यको जीवनी|date=वि.सं.२०७१|publisher=विद्यार्थी पुस्तक भण्डार|location=काठमाडौं|isbn=978-99946-1-|page=पृ. १७०}}</ref>
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित