"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा [[ऋषि]]को नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसलाई पछि ग्रीक दार्शनिक [[प्लेटो]]ले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् । <ref>ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, विश्व हिन्दु महासंघ, रुपन्देही ।</ref>
 
==उपनिषदका अनुवाद==
अरबी दार्शनिक अल– बिरुनीले ११ औं शताब्दीमा हिन्दुहरुका धर्म ग्रन्थ अध्ययन गरेको प्रमाण पाइन्छ । किनभने उनले हिन्दु दार्शनिक ग्रन्थ गीतोपनिषदको मुक्त कण्ठले प्रशंसा गरेका छन् । शाहजहांको जेठो छोरा दाराशिकोहले काश्मीरका पण्डितहरुको मद्दतले सन् १६४४ देखि सन् १६५० को अवधिमा ५० वटा उपनिषदको फारसी भाषामा अनुवाद गराएका थिए । संभवतः यो नै पहिलो अनुवाद थियो । सन् १५५६ मा अकबरले पनि केही उपनिषदको अनुवाद गराएका थिए तर पनि सन् १७७५ सम्म कुनै पनि यूरोपियन विद्वानले उपनिषदहरुतिर ध्यान दिएको पाईंदैन ।
सबभन्दा पहिले [[कठ उपनिषद]]को अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा [[दाराशिकोह]]ले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान [[एन्क्वेटिल]]ले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान [[म्याक्स मुलर]]ले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । [[गीता|श्रीमदभगवद्गीता]]लाई पनि उपनिषदमध्येको एक मानिन्छ ।<ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले [[गीता]]का श्लोकको पनि अनुवाद गरेका छन् ।
अयोध्याको नवाब सुजाउद्दौलाको राजसभाका पर्सियन रेजीडेन्ट एम गेन्टिलले सन् १७५५ मा प्रसिद्ध फ्रेञ्च दार्शनिक र विश्व यात्रु एन्क्वेटिल डुपेर्रिनलाई दाराशिकोहद्वारा गराइएको उपनिषदको पर्सियन अनुवाद उपलब्ध गराए । एन्क्वेटिलले सन् १७५५ देखि १७६१ सात वर्ष पान्डिचेरी, वाराणसी, अयोध्या आदि विभिन्न स्थानमा हिन्दु दर्शनको अध्ययनका लागि भ्रमण गरेका थिए । भनिन्छ एन्क्वेटिलले एक अर्को प्रति पनि कतैबाट भेटाएका थिए । अनि उनले पहिलो पटक युरोपियन भाषाहरु अर्थात् ल्याटिन र फ्रेन्चमा अनुवाद गरेर प्रकाशित गरे । तथापि सन् १८०१–२ मा ल्याटिन अनुवाद औपनिखत OPNIKHAT नामले प्रकाशित भयो तर फ्रेन्च अनुवाद बजारमा आउन सकेन ।
[[रामकृष्ण मठ]]को तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
यसरी यो युरोपका विचारकहरुको जानकारीमा आयो तर अनुवादको पनि अनुवाद भएकोले ज्यादै दुर्बोध्य थियो जसलाई धेरैले बुझन सकेनन् । जर्मन दार्शनिक शोपेन हावरले परिश्रमपूर्वक त्यस उपनिषदको अध्ययन गरे । त्यसलाई पढेर उनी ज्यादै प्रभावित भए । यो कठ उपनिषद थियो । उनले आफ्ना लेखहरुमा भनेका छन्, उपनिषदका ऋषिहरुले गरे जति उच्च, पवित्र र गम्भीर चिन्तन विश्वमा अरु कसैले गर्न सक्दैन । सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्र्षित भएको हो । म्याक्स मुलर रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए । भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बंगालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए । संभवतः शेलिंग उनै साहित्यकार थिए । म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे । उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरुलाई अंग्रेजीमा अनुवाद गरेका थिए । म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए । सन् १८७९ मा म्याक्स मुलरले यूरोपियन पाठकका लागि कठ उपनिषदको पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । तर यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान राजा राममोहन राय (सन्् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । (बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बंगाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।) त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर युरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता वर्तमानमा त्रि वि मा अंग्रेजीको पाठ्यक्रममा राखिएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले केही वि.सं. २०३० मा नौ प्रमुख उपनिषदहरुको अनुवाद प्रकाशित गरेको छ ।<ref> नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नौ उपनिषद वि.सं. २०३०</ref> यसका अनुवादक माधव प्रसाद देवकोटा हुन् । यस पछि प्रतिष्ठानले छान्दोग्य र बृहदारण्यक उपनिषदको पनि अनुवाद प्रकाशित गरेको छ । समय समयमा विद्वानहरुले विभिन्न उपनिषदहरु अनुवाद र व्याख्या प्रकाशित गरेका छन् । नेपाली विद्वानहरुले पनि उपनिषदहरुमा निकै रुचि राख्नु भएको कुरा यी अनुवादहरुले स्पष्ट गर्दछन् । तर १०८ उपनिषद्लाई हिन्दीमा अनुवाद गरी जनसमक्ष ल्याउने स्तुत्य प्रयास पं. श्रीराम आचार्यले गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजनाले गरेको छ ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>
उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
 
== उपनिषदको महत्त्व==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/531625" बाट अनुप्रेषित