"उपनिषद्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति १८:
[[रामकृष्ण मठ]]को तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
== उपनिषदको महत्त्व==
प्रसिद्ध दार्शनिक [[हयूम]]ले भनेका छन्, [[सोक्रेटिज]], एरिस्टोटल, प्लेटो आदि धेरै दार्शनिकका ग्रन्थहरु मैले पढें तर जस्तो शान्तिदायिनी विद्या मैले उपनिषदमा पाएं त्यस्तो अन्यत्र कहीं मैले भेटिनं ।
मुगल सम्राट शाहजहां पुत्र दाराशिकोहले भनेका छन्, मैले कुरान, तौरेत, इञ्जील, जबुर आदि ग्रन्थ पढेको छु । तिनीहरुमा ईश्वर सम्बन्धी जुन वर्णन छ त्यसले मनको तिर्खा मेटिएन । त्यस पछि हिन्दुहरुका ग्रन्थ पढें । तिनीहरु मध्ये उपनिषदको ज्ञान कस्तो छ भने त्यस ज्ञानले आत्मालाई शाश्वत शान्ति र सच्चा आनन्द दिन्छ । हजरत नवीले पनि एक आयतमा गरेको संकेत यिनै पुस्तकहरुका लागि हो ।
आचार्य रजनीशले भनेका छन्, संसारका सबभन्दा अनौठा पुस्तकहरु हुन्–उपनिषद, त्यसमध्ये सबभन्दा अनौठो कठ उपनिषद ।
सत्य साई बाबाले उपनिषदलाई हिन्दु संस्कृतिका सर्वाधिक अमूल्य निधि बताएका छन् ।
== दर्शन ==
[[अद्वेत वेदान्त]]मा उपनिषद्को सारंश एक वाक्यांमा लेखिएको छ : तत् त्वं असि (तिमी त्यही हौ)। र निचोडमा निराकार व्रह्म तथा आत्म एकै हुन् भनिएको छ।
|