'''भिरिङ्गी''' प्यालिडम उपप्रजातिको [[ब्याक्टेरियम]] ट्रेपोनेमा प्यालिडमका कारणले हुने [[यौनरोग]] हो।भिरिङ्गीलाईहो।<ref name=CDC2015Tx>{{cite web|title=Syphilis|url=http://www.cdc.gov/std/tg2015/syphilis.htm|website=CDC|accessdate=3 February 2016|date=June 4, 2015}}</ref> भिरिङ्गीलाई चार चरणमा विभाजन गरिएको छ: प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गी। यसका लक्षण तथा चिह्नहरू कुन चरणको भिरिङ्गी लागेको हो भन्ने कुरामा निर्भर गर्दछन्। प्राथमिक चरणको भिरिङ्गी लागेको व्यक्तिमा एउटा मात्र खटिरा (कङ्कर) देखा पर्छ। कडा, नदुख्ने र नचिलाउने यो खटिरा प्रायजसो प्रजनन् अङ्गको छालामा देखिन्छ। एउटै खटिरा भए पनि धेरै ठाउँमा पीडा महशुस हुन सक्छ। माध्यमिक चरणको भिरिङ्गी लागेको मानिसको प्रायजसो हत्केला तथा पैतालामा रातो र ठूलो आकारमा फैलिएको फोका देखा पर्छ। त्यस्तै मुख तथा [[योनी]]मा पीडा महशुस हुन सक्छ। निष्कृय भिरिङ्गीमा थोरै लक्षणहरू देखिने वा कुनै पनि लक्षण नदेखिने हुन सक्छ। यो धेरै बर्षसम्म निष्कृय रहन सक्छ।