"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दर्शनकारहरुले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम [[ब्रह्मचर्य|ब्रह्मचर्य,]] [[गृहस्थ]], [[वानप्रस्थ]] र [[संन्यास]] अनिवार्य मानेका छन् । मानिसको आयुलाई १०० वर्षको मानेर प्रत्येक आश्रमको समय २५ वर्ष तोकिएको छ । प्रथम आश्रम ब्रह्मचर्य हो । यस आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्थ्यो । विद्याध्ययन पूरा भए पछि ब्रह्मचर्य आश्रमको समाप्ति र गृहस्थ आश्रमको प्रारम्भ हुन्थ्यो । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा जीविकोपार्जन गर्नु, सगोत्र तथा असगोत्र परिवारसंग विवाह सम्बन्ध गा“स्नु ऋतुकालमा स्त्री समागम गर्नु, देव, पिता, अतिथि र भृत्य (कर्मचारी, सेवक) हरुलाई खाना दिएर आफुले अन्तमा भोजन गर्नु जस्ता नियम पालन गर्नु पथ्र्यो । वानप्रस्थीको स्वधर्ममा–ब्रह्मचर्य पालन, भुईंमा सुत्नु, जटामृग धारण गर्नु, नित्य स्नान गर्नु, सायं–प्रातः अग्नि होम गर्नु, देव, पितृ र अतिथिको पूजा गर्नु, वनमा हुने कन्द मूल फल आहार गर्नु जस्ता नियमहरु बनाइएको छ । जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिंचन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्यलाई यो आश्रम स्वैच्छिक छ ।
 
==उपसंहार==
==उद्देश्य==
वर्ण र आश्रमको उद्देश्य पुरुषार्थ प्राप्ति हो । वर्ण सामाजिक पुरुषार्थका लागि र आश्रम व्यक्तिगत पुरुषार्थका लागि साधन बताइएका छन् । जीवनमा तीन (धर्म, अर्थ, र काम) वा चारवटा (धर्म, अर्थ, काम, र मोक्ष) मध्ये एउटाको पनि उपलब्धि नहुने जीवनलार्य निरर्थक भनिएको छ । तर उत्कृष्ट जीवन भनेको त्रिवर्ग हो । अर्थात् जसमा धर्म, अर्थ र कामको सन्तुलन हुन्छ त्यस पुरुषार्थलाई भने उत्कृष्ट भनिएको छ । यस अवधारणालाई सर्वप्रथम हिन्दु विचारकहरुहरुले प्रस्तुत गरेका हुन्, त्यसैले यसलाई हिन्दु सन्तुलन नामकरण गर्न सकिन्छ
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित