"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{हिन्दुधर्म}}
भारतीय परम्परामा '''मनुस्मृति'''लाई (जो '''मानव-धर्म-शास्त्र''', '''मनुसंहिता''' आदि नामहरूले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव [[मनु]]द्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।
मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको संचालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । काङ्लेका अनुसार कौटिलीय अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो तर स्वायम्भू मनु जसलाई मनुस्मृतिको रचनाकार पनि मानिन्छ त्यो अर्कै व्यक्ति हो । प्रचेतस मनुको रचना लोप भइसकेको अनुमान पनि उनको छ ।<ref> द कौटिलीय अर्थशास्त्र–३, पृ. ८–९</ref> रङ्गराजनले काङ्लेका यस विचारको अनुमोदन गरेका छन् । [[धम्मपद्]], [[चाणक्य|कौटिलीय अर्थशास्त्र]] र वाल्मीकि रामायणमा मनुस्मृतिका श्लोकहरू उदधृत गरिएका छन् ।
 
मनुस्मृति त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। न केवल भारतमा अपितु अन्य देशहरूमा पनि यसका प्रमाणहरूको आधारमा निर्णयहरू भएकाछन् र आज पनि भइरहेछन्। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।
Line ११ ⟶ १२:
== मनुस्मृतिका प्रणेता एवं काल ==
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन ग्रन्थमा पाइंदैनन्, यसका कारणमाथि विचार गर्दा धेरै उत्तर प्रतिभासित हुन्छन्।
मनुस्मृतिको मेधातिथिले गरेको टीकाको रचनाकाल र समयको अनुमान काणे, बुहलर, र म्याक्समुलरले गरेका छन् । बुहलर र म्याक्समुलरले मेधातिथिको रचना ५७ वि.सं. र स्थान काश्मीर क्षेत्र अनुमान गरेका छन् । प्रोफेसर काणेले भरुचिले गरेको मनुस्मृतिको टीकालाई सबैभन्दा पुरानो ठान्दछन् । ओलिवेली र डेरेटले यस टीकाको समय वि.सं. ६००–६५० अनुमान गरेका छन् । <ref>{{cite book|last1=थोमस|first1=एफ डब्लु|title=बृहस्पति सूत्र|date=सन् १९२४|publisher=लाहोर बुक डिपो|location=लाहोर|page=९–१०}}</ref> बुहलरले एक स्थानमा मनुस्मृतिको समय १५०० वि.पू.भएको अनुमान गरेका छन् ।<ref>सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५</ref>
==मनुस्मृतिको आलोचना र प्रशंसा==
बी आर अम्बेडकरले मनुस्मृतिको आलोचना गरेका छन् भने एनी बेसेंट, फ्रेडरिक नीत्से र सर्वपल्ली राधाकृष्णन्ले मनुस्मृतिको प्रशंसा गरेका छन् । (<ref>द लज अफ् मनु, द मनुस्मृति, प्रीफेस, जी बुहलर, सेक्रेड टेक्स्ट्स डट कम</ref> )कौटिलीय अर्थशास्त्रमा विषय प्रवेशको क्रममा मनुको नाम उल्लेख भएको छ । यसले कौटिल्यले मनुस्मृतिलाई दिएको महत्त्व स्पष्ट हुन्छ । कौटिलीय अर्थशास्त्र मनुस्मृतिको सामान्य पुनरुक्ति हो यस भनाईले मनुस्मृतिको प्राचीनता र महत्त्व स्पष्ट हुन्छ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=13}}</ref> नारदस्मृतिको नाम नै मानव न्याय शास्त्र म्रचलित छ । यस्ता अनेक उदाहरण छन् ।
यस प्रकारक अनेक तथ्यहरू बूहलर (Buhler, G.) (सैक्रेड बुक्स अफ ईस्ट सीरीज, संख्या २५), मदृ मदृ काणे (हिस्ट्री अफ धर्मणात्रमा मनुप्रकरण) आदि विद्वानहरूले पर्याप्त विवेचना गरेकाछन्। यो अनुमान तर्कसंगत प्रतीत हुन्छ कि मनुको नामले धर्मशास्त्रीय विषय परक वाक्य समाजमा प्रचलित थिए, जसको निर्देश महाभारतादिमा छ तथा जुन वचनको आश्रय लिएर वर्तमान मनुसंहिता बनाइयो, साथै प्रसिद्धिको लागि भृगु नामक प्राचीन ऋषिको नाम यसको साथ जोडियो। मनुभन्दा अघि पनि धर्मशास्त्रकार थिए, यो मनुको "एके" आदि शब्दहरूबाट नैं ज्ञात भएको हो। कौटिल्यले "मानवा: (मनुमतानुयायीहरू)को उल्लेख गरेकाछन्।
 
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित