"कृष्ण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९०:
राजनैतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरुलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरुले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरुले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनैतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरुले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरुमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ । <br />
==नेपालमा कृष्ण भक्ति धारा==
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, [[विद्यापति मिश्र]], [[इन्दिरस]] कृष्ण भक्ति धाराका कवि हुन् । [[बालागुरु षडानन]] र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्र्बा, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । यसलाई [[इस्कोन सोसायटी]], हरेकृष्ण मिशन आदि संस्थाहरुले विश्व व्यापी बनाएका छन्
 
==भगवान कृष्णको जीवन==
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित