"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
 
वर्तमान नेपालको राष्ट्रिय-झ्ण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन। गोरखाली राजाहरू आफूलाई चन्द्रवंशीय सम्झ्न्थे। गोरखालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल-अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय-झ्ण्डाको परिकल्पना गरिएको थियो। मुद्रा र छापहरूमा रातो रङ प्रयोग हुने भएकाले त्यस्ता छापहरूलाई लालमोहर भनियो। पृथ्वीनारायणले प्रचलनमा ल्याएको चन्द्र-सूर्याङ्कित झ्ण्डा पनि रातो नै थियो होला। चन्द्रमाको ज्योति मलिनो र सूर्यको प्रकाश चर्को हुने भएकाले पौराणिक मान्यताअनुसार आकाशमा चन्द्रमा माथि र सूर्य तल मानिँदै आएका छन्। नेपालको राष्ट्रिय झ्ण्डामा त्यही मान्यता कायम भएको हो।
पृथ्वीनारायण शाहका अनुयायीहरू यही झ्ण्डा बोकेर एकीकरण अभियानमा निस्किएका थिए। पृथ्वीनारायणदेखिसन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) मा हजारौ नेपालीले यहि झण्डा को शान बचाउनको लागि बलिदान गरेका थिए ।पृथ्वीनारायणदेखि सुरेन्द्रविक्रम शाहको राज्यकालसम्म राजभवनमा चन्द्र-सूर्याङ्कित झ्ण्डा नै फहराइन्थे। प्राइममिनिस्टर जङ्गबहादुर कुँवर राणाले कास्की र लमजुङको श्री ३ महाराज पदवी ग्रहण गरेपछि आफ्नो भवनमा ध्वजा समातिरहेको सिंहको आकृति बनाएका थिए। उनका भाइ प्राइममिनिस्टर रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालसम्म राणा प्रधानमन्त्रीका महलहरूमा सिंह-ध्वजा नै फहराइन्थे।
 
राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजीकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।