"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६०:
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउं ठाउंमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि [[माधवाचार्य]] आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ <ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५|location=काठमाडौं}}</ref> सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।<ref>{{cite book|last1=लेभी|first1=सिल्भां अनुवादक– डिल्लीराज उप्रेती|title=नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २|date=सन् २००७|publisher=हिमाल किताब}}</ref>
==आचार्य शङ्कर रचित ग्रन्थहरु==
आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । शारीरक भाष्य भने सार्वधिक महत्त्वपूर्ण कृति हो । श्रीमदभगवद्गीताको शाङ्कर भाष्य आजसम्मकै गीता ग्रन्थको व्याख्याका लागि आधार मानिन्छ । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन् , यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ । <ref>{{cite book|last1=अपूर्वानन्द|first1=अनु. बाबु राम ज्ञवाली|title=शङ्कराचार्यको जीवनी|date=वि.सं.२०७१|publisher=विद्यार्थी पुस्तक भण्डार|location=काठमाडौं|isbn=978-99946-1-|page=पृ. १७०}}</ref>
 
[[चित्र:Sankar temple|thumbnail|शङ्कराचार्य मन्दिर नेपाल, गौशाला ]]
 
==अन्तिम उपदेश==
नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए । तथापि शिष्यहरुको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे । आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरुले के बुझिहाले भने गुरुदेवको ब्रह्म स्वरुपमा लीन हुने समय आइपुगेको छ । उनको आयुका ३२ वर्ष पूरा भइसकेको थियो । यसबाट सम्पूर्ण शिष्यहरु निराश हुन पुगे । एक दिन आचार्यले सबै शिष्यहरुलाई आफ्नो नजीकमा बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो त्यो सकिएको छ । मेरो प्रस्थान पछि तिमीहरुले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । अहं ब्रह्मास्मि यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ । ठूलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन । आचरणले मात्र महानता प्राप्त हुन्छ ।
"https://ne.wikipedia.org/wiki/शङ्कराचार्य" बाट अनुप्रेषित