"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ==पुरुषार्थ== पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्...
 
पङ्क्ति ३:
पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । [[वेद]] [[उपनिषद]], [[पुराण]], र [[स्मृति]]ग्रन्थहरुले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार [[वर्ण]] र चार [[आश्रम]] । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।
==साधन==
[[वर्णाश्रम|वर्ण व्यवस्था]] र [[वर्णाश्रम|आश्रम व्यवस्था]] आपसमा कति जोडिएका छन् भने यसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । यी दुवै व्यवस्था पुरुषार्थ प्राप्तिको मार्गका साधन बताइउका छन् । चार [[वर्ण]] सामाजिक व्यवस्था हो । समाजको प्रत्येक वर्गलाई [[श्रम विभाजन]]को आधारमा विशिष्टिता प्रदान गर्नु यस विभाजनको उद्देश्य रहेको छ । ज्ञानार्जनमा लाग्नेहरुलाई ब्राह्मण, धनार्जनमा लाग्नेहरुलाई वैश्य, शक्ति आर्जनमा लाग्नेहरुलाई क्षत्रिय र सेवामा लाग्नेलाई शूद्र भनिएको छ । वर्ण विभाजनको दर्शन वातावरण र वंशानुक्रमको अद्भुत संयोगको रुपमा व्यक्त भएको छ किनभने यो जन्ममा आधारित थिएन, कर्ममा आधारित थियो ।
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दर्शनकारहरुले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम [[ब्रह्मचर्य|ब्रह्मचर्य,]] [[गृहस्थ]], [[वानप्रस्थ]] र [[संन्यास]] अनिवार्य मानेका छन् । मानिसको आयुलाई १०० वर्षको मानेर प्रत्येक आश्रमको समय २५ वर्ष तोकिएको छ । प्रथम आश्रम ब्रह्मचर्य हो । यस आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्थ्यो । विद्याध्ययन पूरा भए पछि ब्रह्मचर्य आश्रमको समाप्ति र गृहस्थ आश्रमको प्रारम्भ हुन्थ्यो । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा जीविकोपार्जन गर्नु, सगोत्र तथा असगोत्र परिवारसंग विवाह सम्बन्ध गा“स्नु ऋतुकालमा स्त्री समागम गर्नु, देव, पिता, अतिथि र भृत्य (कर्मचारी, सेवक) हरुलाई खाना दिएर आफुले अन्तमा भोजन गर्नु जस्ता नियम पालन गर्नु पथ्र्यो । वानप्रस्थीको स्वधर्ममा–ब्रह्मचर्य पालन, भुईंमा सुत्नु, जटामृग धारण गर्नु, नित्य स्नान गर्नु, सायं–प्रातः अग्नि होम गर्नु, देव, पितृ र अतिथिको पूजा गर्नु, वनमा हुने कन्द मूल फल आहार गर्नु जस्ता नियमहरु बनाइएको छ । जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, कुनै उद्योग नगर्नु, अकिंचन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, वनमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु, यति नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्यलाई यो आश्रम स्वैच्छिक छ ।
 
==उद्देश्य==
वर्ण र आश्रमको उद्देश्य पुरुषार्थ प्राप्ति हो । जीवनमा तीन (धर्म, अर्थ, र काम) वा चारवटा (धर्म, अर्थ, काम, र मोक्ष) मध्ये एउटाको पनि उपलब्धि नहुने जीवनलार्य निरर्थक भनिएको छ । तर उत्कृष्ट जीवन भनेको त्रिवर्ग हो । अर्थात् जसमा धर्म, अर्थ र कामको सन्तुलन हुन्छ त्यस पुरुषार्थलाई भने उत्कृष्ट भनिएको छ ।
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित