"शङ्कराचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
matter merged from Acharya Shankar |
||
पङ्क्ति २४:
'''आदि शंकराचार्य''', जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, [[वेदांत]]का [[अद्वैत मत]]का प्रणेता थिए। उनको विचारोपदेश [[आत्मा]] र [[परमात्मा]]को एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा [[सगुण]] र [[निर्गुण]] दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई [[शिव]]को अवतार मानिन्छ।
==दिव्य जन्म==
आठ वर्षमा संन्यास ग्रहण गरी [[व्यास]] परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर हिन्दु धर्मका मूलतत्वको जानकारी दिंदै आधा एशिया भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ । मृत्यु अघि उनले भ्रमण गरेको महत्वपूर्ण तीर्थ नेपालको पशुपतिनाथ हो । त्यसैले [[पशुपतिनाथ]] हिन्दुहरुका लागि महत्वपूर्ण तीर्थस्थल रहीआएको छ ।
==भिक्षाको शिक्षा==
दश वर्षका आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर जब भ्रमण सुरु गरे उनी अत्यन्त चिन्तित थिए । यत्रो ठूलो अभिभारा कसरी पूरा गर्ने होला ? कन्याकुमारी देखि कश्मीर र गान्धार देखि कामरुपसम्मका अनेक देशहरुमा छरिएका सनातन मतावलम्बीहरुमा एकताको संचार र समन्वय कसरी गर्ने होला ? भनेर उनी एउटा गाउंको बाहिर बरको रुखको छायांमा सोच विचारमा मग्न थिए । काम बहुतै ठूलो थियो । उनी एक्लै थिए । राजशक्ति उनको साथमा थिएन । हिन्दुहरु ससाना संकीर्ण मतमा बांडिएका थिए । उनीहरुलाई एकीकरण गर्न निकै गाह्रो थियो । समस्या समाधानको कुनै उपाय फेला परिरहेको थिएन । चिन्तित शङ्कर दोपहर भोजनका लागि भिक्षा माग्नका नजीकको गाउंमा पुगे ।
एउटा घरको ढोकामा उभिएर भिक्षाकालागि आह्वान गरे । त्यस घरको गृहिणी भित्रबाट धेरै बेरमा आंखा पुछ्दै बाहिर निस्की । शायद भित्र रोएकी रहिछ । निन्याउरो स्वरमा भनी ः भिक्षु, तपाईं घर बाहिर भिक्षा माग्दै हुनु हुन्छ तर मैले आफैं पनि तीन दिन भयो खाना खाएकी छैन । ढोकामा उभिएका भिक्षुलाई रित्तै फर्काउन मेरो धर्मले दिंदैन । घरमा यो अमला बाहेक खानेकुरा केही छैन । यो नै भिक्षाको रुपमा ग्रहण गर्नु होस् । यति भनी उसले एउटा अमलाको गेडा भिक्षुलाई दिइ ।
शङ्करले त्यो गेडा हातमा समाते । त्यो गेडा पनि चाउरिएको थियो । दुइ तीन दिनको । अनि गृहिणीको मुखमा हेरे । त्यो अमलाको गेडाले उनमा हिन्दुधर्मको समन्वय र एकीकरण को सूत्र फेला पर्यो । भने, माता तपाईंले मलाई एक अमूल्य वस्तु दिनु भएको छ । दुःख नमान्नुहोस् । यसैलाई आधार मानेर मैले हिन्दु धर्मको पुनरुद्धार गर्ने छु । अनि आंखा भरि आंसु लिएर गाउं बाहिर निस्के ।<ref>{{cite book|last1=आचार्य|first1=श्रीराम शर्मा|title=आदि शंकराचार्य|date=सन् २००३|publisher=युग निर्माण योजना|location=मथुरा}}</ref>
==वाराणसीको अनुभव==
एक दिन को कुरा हो आफ्ना शिष्यहरुका साथ नुहाउन शङ्कर मणिकर्णिका घाटतर्फ जा“दै थिए । बाटोमा एक स्त्रीले आफ्ना मृत पतिको शिर काखमा राखेर विलाप गर्दै आफ्ना पतिको दाह संस्कारको सहायताका लागि भिक्षा मागिरहेको देखे । त्यस स्त्रीले मणिकर्णिका घाटमा जाने सा“घुरो बाटो छेकेर बसेकी थिई । आचार्यले केही बेर पर्खे । नुहाउन बेर हुन थाल्यो । तर मणिकर्णिका जाने छिर्ने अर्को बाटो थिएन, त्यसैले आचार्यले त्यस स्त्रीलाई भने– आमा, यस शवलाई अलिकति सार्नु भयो भने हामीले नुहाउन जाने बाटो पाउ“थ्यौं ।
स्त्री कति शोक मग्न थिई भने उसले शङ्करले भनेको सुन्दै सुनिन । आचार्यले अलि ठूलो स्वरमा फेरी त्यही कुरा दोहो¥याए । यो सुनेर स्त्रीले भनी– महात्मान्, तपाईले नै शवलाई सर्न भन्नुस् न ?
आचार्यले भने– माता, तपाईं शोकमा अप्रकृतस्थ हुनु भएको छ । शव पनि काहीं आफैं सर्छ ? त्यसमा सर्न सक्ने शक्ति नै कहां हुन्छ र ?
त्यस स्त्रीले शङ्करलाई हेर्दै भन्न थाली– यतिवर, तपाईंको सिद्धान्तमा शक्ति निरपेक्ष ब्रह्म नै जगतको कर्ता हो भने शक्ति नभइ आफैं शव किन सर्न नसक्नू ? ब्रह्म पनि शक्तिको सापेक्ष हुन्छ ।
स्त्रीको ज्ञानपूर्ण वचन सुनेर अचम्म परेका आचार्य विचार मग्न भए । उनले अनुभव गरे कि जीव र ब्रह्म अभिन्न छन् । निर्विशेष ब्रह्म केवल द्रष्टा मात्र हुन्–जगतको रचना भने महामायाले गरेकी हुन् ।
यस्तै, अर्को दिनको कुरा हो, शङ्कर नुहाउन जांदै थिए । उनले बाटोमा के देखे भने एउटा चाण्डाल आफ्ना कुकुर सहित बाटो छेकेर बसेको छ । यो देखेर शङ्करले भने– ए चाण्डाल, बाटो छोड, म नुहाउन जांदैछु।
चाण्डालले संस्कृत श्लोकमा भन्यो– ए साधु, तिमीले कसलाई बाटो छोड भनेका छौ ? शरीरलाई कि आत्मालाई ? आत्मालाई भनेको भने त्यो शुद्ध सर्वव्यापी र निष्क्रिय छ । यदि शरीरलाई भनेको हो भने त्यो मूढो हो । बाटो छोड्न सक्दैन । तिमीले ब्रह्म ज्ञानको मिथ्या अभिमान मात्र गरेको रहेछ । वास्तवमा तिमीलाई ज्ञान भएको रहेनछ । गंगा जलमा देखिने सूर्य छायां र मदिरामा देखिने सूर्यको छायांमा के अन्तर छ ? के यही हो तिम्रो ब्रह्म ज्ञान ?<ref>{{cite book|last1=अपूर्वानन्द|first1=अनु. बाबु राम ज्ञवाली|title=शङ्कराचार्यको जीवनी|date=वि.सं.२०७१|publisher=विद्यार्थी पुस्तक भण्डार|location=काठमाडौं|isbn=978-99946-1-|page=४८}}</ref>
==उभय भारतीसंग शास्त्रार्थ==
आचार्यले आफ्नो दिग्विजय अभियान [[काशी]]का महा विद्वान [[मण्डन मिश्र]]को शास्त्रार्थ बाट थालनी गरेका हुन् । जसले शास्त्रार्थमा हार्छ उसले अर्काको शिष्यत्व ग्रहण गर्ने शर्त साथ लामो शास्त्रार्थ भयो जसमा उनले मण्डनलाई निरुत्तर बनाए । यस दृश्यको मूल्यांकन कर्ता भएर बसेकी उभय भारतीले भनिन्– मेरा पतिको पूर्ण पराजय भइसकेको छैन । शास्त्रार्थहरुमा पत्नीलाई पतिको अर्धांगिनी बताइएको छ। मलाई शास्त्रार्थमा पराजित गरेर मात्र मेरा पतिको हार मानिने छ । मलाई थाहा छ, तपाईं सर्वज्ञ हुनु हुन्छ । तथापि तपाईंसंग शास्त्रार्थका लागि पतिका तर्फबाट मैले आफुलाई प्रस्तुत गर्दछु ।
स्त्रीसंग आचार्य शङ्कर तैयार थिएनन् । एक छिन उनको बक्के फुटेन । केही बेरको मौनता पछि आचार्यले भने– देवी, यशस्वी पंडितजन कहिल्यै पनि स्त्रीसंग वाद गर्दैनन् । तपाईको यो इच्छा उचित भएन ।
उभय भारतीले केही चर्को स्वरमा भनिन्– तपाईंले स्त्रीलाई तुच्छ किन ठान्नु हुन्छ ? महर्षि [[याज्ञवल्क्य]]ले गार्गी संग र राजर्षि जनकले सुलभा नामक नारीसंग शास्त्रार्थ गर्नु भएकै हो । तपाईंले मसंग शास्त्रार्थ गर्न किन नहुने ? यदि तपाई मसंग शास्त्रार्थ गर्न सक्नु हुन्न भने आफ्नो पराजय स्वीकार गर्नु होस् ।’
उभय भारतीका स्पर्धापूर्ण वचन सुनेर आचार्य शास्त्रार्थ गर्न बाध्य भए । उभय भारतीले आफ्ना पतिका कुराहरु पुनः प्रारम्भ गरिन् । उभय भारतीको सूक्ष्म भन्दा सूक्ष्मतर हुदै प्रश्न गर्ने शैली देखेर आचार्य विस्मित भए। दिन प्रतिदिन शास्त्रार्थ हुदै गयो । कुनै पनि पक्ष शास्त्रार्थमा गलेन । प्रत्येक दिन बिहानै शास्त्रार्थ प्रारम्भ भइ मध्यान्ह सम्म सञ्चालित रहन्थ्यो र फेरि अर्को दिन पुनः प्रारम्भ हुन्थ्यो । यसरी यो शास्त्रार्थ १७ दिन सम्म सञ्चालित भयो । दर्शकहरु म्ण्डन पत्नीको अगाध शास्त्र ज्ञान र असामान्य विचार शक्ति देखेर छक्क परे ।
उभय भारतीसंग गरिएको गम्भीर शास्त्रार्थले आचार्य ले के बुझे भने यिनी साक्षात सरस्वतीको अवतार हुन् । कठिन प्रयास पछि शास्त्रार्थ गरेर उनले पनि पराजय स्वीकार गरिन् । यसको विस्तृत वर्णन आचार्यका जीवनीहरुमा पाइन्छ ।आचार्य शङ्करले भारतवर्षका विभिन्न राज्यहरुमा भ्रमण गर्दै गरेका शास्त्रार्थको विस्तृत विवरण शङ्कर दिग्वििजय भन्ने ग्रन्थमा सविस्तार वर्णन गरिएको छ । <ref>{{cite book|last1=माधवाचार्य|title=शंकर दिग्विजय}}</ref>
==पशुपतिनाथमा==
आफ्ना शिष्यहरुका साथ बंगाल देशका विभिन्न मन्दिर र तीर्थस्थलहरु को दर्शन गर्न व्यस्त रहेका शङ्करलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर [[पशुपतिनाथ]]को पूजा अर्चना गर्न त्यहांका मानिसहरु ले छोडे । बौद्ध प्रभावकाकारण हिन्दु देवताको पूर्णतया अवहेलना भइरहेको छ । विरुद्ध मतावलम्बीहरु ले रक्सी मासु इत्यादि अपवित्र वस्तुहरु मन्दिर भित्र फालेर मन्दिरलाई भ्रष्ट बनाइरहेका छन् । वर्णाश्रम धर्म त्यहां लोप भएको छ र ब्राह्मणहरु ले दयनीय जीवन बिताइ रहेका छन् । त्यहांका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन्।
यस्ता कुराहरु सुनेर आचार्यका शिष्यहरु लाई पीर पर्यो । उनीहरुले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले। सबैले बारम्बार अनुरोध गरे पछि यसलाई दैव इच्छा भन्ठानेर आचार्य नेपाल तर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ । किनभने आचार्य शङ्करलाई कुनै राजशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाका तर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ ।
[[चित्र:Pahupati nath|thumbnail|पशुपतिनाथ ]]
शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन धर्मावलम्बीहरुको हृदयमा उत्साहको संचार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरु ओइरिन थाले । मन्दिरमा पूजा अर्चना को व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरुलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले ।
सम्पूर्ण शिष्यहरुले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरु गुंजायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा टाढाबाट मानिसहरु आएर मन्दिर दर्शन गर्न थाले । आचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरुको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरुले शहरमा घुमि घुमि धर्म उपदेश गर्न थाले । त्यहांका ब्राह्मणहरु लाई उनीहरुले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पंच देवताको पूजा र पंच महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरु ले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए । राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरुमा देवदेवीहरुको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरुप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रुपमा गर्नकालागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए ।
केही दिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउं ठाउंमा वेद र अन्य शास्त्रहरुको अध्ययनका लागि पाठशालाहरु बनाइए । आचार्यका गृहस्थ शिष्यहरुमध्ये अनेक ब्राह्मणहरुले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि [[माधवाचार्य]] आएर शैव मतको पुनः परिपुष्टि गरे ।आचार्य शङ्करको नेपाल आगमन बारे इतिहासकाहरु एक मत छैनन् । प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायकृत श्रीशंकराचार्य पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ <ref>{{cite book|last1=तिवारी|first1=गोपालनिधि|title=जगद्गुरु श्रीआद्यशंकराचार्य|date=वि.सं.२०४५|location=काठमाडौं}}</ref> सिलभा“ लेभीले भने शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शङ्कर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरुले पनि उल्लेख गरेका छन् ।<ref>{{cite book|last1=लेभी|first1=सिल्भां अनुवादक– डिल्लीराज उप्रेती|title=नेपाल– हिन्दु अधिराज्यको इतिहास भाग १ र भाग २|date=सन् २००७|publisher=हिमाल किताब}}</ref>
==आचार्य शङ्कर रचित ग्रन्थहरु==
आचार्य शङ्करको नामबाट २२ वटा भाष्य ग्रन्थ, ५४ वटा उपदेश र प्रकरण ग्रन्थ तथा ७५ वटा स्तोत्रहरू छन् । कसैकसैले सम्पूर्ण रचना शंकराचार्यको होइन भनेर शंका उठाएका छन् । केही रचनाहरू प्रक्षिप्त गरिएको बताउने विद्वानहरू पनि छन् । स्वामी विवेकानन्दले भने आचार्य शङ्करलाई आजसम्मको सर्वाधिक उर्वर मस्तिष्क भनी व्याख्या गरेका छन् । उनले अमेरिकामा रहंदा अद्वैत दर्शनको व्याख्या सुन्न त्यहांका वैज्ञानिकहरु घन्टौं ध्यान पूर्वक बसेको विवरण पनि उल्लेख गरेका छन् , यो कुरा विवेकानन्द साहित्यमा पत्रावली मा उल्लेख गरिएको छ । <ref>{{cite book|last1=अपूर्वानन्द|first1=अनु. बाबु राम ज्ञवाली|title=शङ्कराचार्यको जीवनी|date=वि.सं.२०७१|publisher=विद्यार्थी पुस्तक भण्डार|location=काठमाडौं|isbn=978-99946-1-|page=पृ. १७०}}</ref>
[[चित्र:Sankar temple|thumbnail|शङ्कराचार्य मन्दिर नेपाल, गौशाला ]]
==अन्तिम उपदेश==
नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए । तथापि शिष्यहरुको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे । आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरुले बुझिहाले कि गुरुदेवको ब्रह्म स्वरुपमा लीन हुने समय आइपुगेको छ । उनको आयुका ३२ वर्ष पूरा भइसकेको थियो । यसबाट सम्पूर्ण शिष्यहरु निराश हुन पुगे । एक दिन आचार्यले सबै शिष्यहरुलाई आफ्नो नजीकमा बोलाएर भने– बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो त्यो सकिएको छ । मेरो प्रस्थान पछि तिमीहरुले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । अहं ब्रह्मास्मि यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ । ठूलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन । आचरणले मात्र महानता प्राप्त हुन्छ ।
==उपसंहार==
हिन्दु धर्म [[वेद]]बाट उत्पत्ति भएको छ भन्ने कुरा त्यस बखत हिन्दुहरुले बिर्सिसकेका थिए । यस्तोमा निरन्तर, नथाकीकन एशियाका सम्पूर्ण स–साना देश र राज्यहरु घुमेर हिन्दु धर्मका स–साना शाखाहरु वेदरुपी विशाल वृक्षका अंगहरु हुन् भन्ने कुरा उनले प्रमाणित गरे । सबै मतवादहरु सनातन महाधर्मबाट उत्पत्ति भएका हुन् भन्ने कुरा उनले प्रतिष्ठित गरे । आचार्य शङ्करसग त्यसबेला हिन्दु धर्मबाट उत्पत्ति भएका ७५ ससाना मतावलम्बीका प्रमुखहरुसंग शास्त्रार्थ भएको थियो । जैन र बौद्ध मतावलम्बीहरुलाई पनि समावेश गर्दा उनले लगभग ८० मतावलम्बीहरुसंग विभिन्न स्थानमा शास्त्रार्थ गरेका थिए । यी सबै मत वेदमूलक हुन् भनेर परिश्रमपूर्वक उनले सबैको चित्त बुझाई एक विराट वैदिक धर्मको रचना गरे । उनको प्रयासले गर्दा नै हिन्दु, [[बौद्ध]], [[जैन]] आदि सबै मत सम्प्रदायहरु विशाल सनातन वैदिक वृक्षका शाखाहरु भन्ने कुरा उनले प्रमाणित भयोे । शङ्करको आविर्भाव र तिरोभाव १३०० वर्ष अघिक) घटनाहरु हुन् तर उनको जीवनी र वाणीले आज सम्म पनि हिन्दु धर्मको गति नियन्त्रित र नियमित भइ रहेको छ । त्यसैले उनलाई भगवान शङ्करको अवतार मानिन्छ । उनले गरेका धर्मोपदेश र मोक्ष प्राप्तिको अवधारणाको आधारमा उनलाई प्रच्छन्न बुद्ध पनि भनिन्छ । आचार्यले बुद्धलाई [[विष्णु]]को नवौं अवतारको रुपमा ग्रहण गरेका थिए । उनको योगदान कारणले नै आज समस्त हिन्दुहरु बौद्ध, जैन आदि ॐकार परिवारका सम्प्रदायलाई आफुले मानिआएको सम्प्रदाय सरह श्रद्धा र आदर गर्छन् ।
==आचार्य शङ्करको वाणी==
*जसरी अन्धकारमा रसीमा सर्पको कल्पना गरिन्छ तथा सीपिलाई चांदीको टुक्रा बुझिन्छ त्यसै गरी अज्ञानीले देहलाई नै आत्मा बुझ्छन् ।
*एकमेवाद्वितीय ब्रह्मको अनुभूतिबाट माया वा अविद्यालाई नष्ट गर्न सकिन्छ । यो ठीक त्यस्तो ज्ञान हो जस्तो रस्सीको ज्ञान भए पछि फेरि त्यसमा सर्प हुने भ्रम हराउंछ ।
*जसरी घडा माटैमाटोले बनेको हुन्छ त्यसै गरी देह पूरै चेतना मात्र हो । अतः आत्म अनात्ममा अज्ञानी व्यर्थको भेद गर्दछन् ।
*जसरी कमलपित्तका रोगीलाई केवल पहेंलो मात्र देखिन्छ, त्यसै गरी अज्ञानले गर्दा मानिस आत्मालाई देहरुप देख्छ । वस्तुतः तिमी परमात्मा हो तर यो अज्ञानको कारण नै तिमीले आफूलाई देहका बन्धनमा ग्रस्त पाउंछौ । र त्यहींबाट जन्म मरणको चक्र सुरु हुनजान्छ ।
*माता, पिता, पुत्र, बन्धु अथवा अन्य कसैबाट मेरो त्राण छैन । मेरो मस्तकमा स्थित श्रीगुरुदेवका चरणकमलमा नै मेरो परम त्राण तथा कल्याण छ ।
*यस संसारमा तीन कुरा अत्यन्त दुर्लभ छन् । र ती केवल ईश्वरका अनुकम्पाले मात्र प्राप्त हुनसक्छन् । ती हुन्– मनुष्य जन्म, मुक्तिको इच्छा र महापुरुषको शरण ।
*मुक्तितर्फ अग्रसर गराउने साधनमा सर्वश्रेष्ठ स्थान केवल भक्ति हो । स्वस्वरुपको अनुसन्धानको नाम भक्ति हो।
*हे माता, मलाई मुक्ति चाहिएन । धन–सम्पत्ति, सुख वा ज्ञान पनि चाहिदैन । मेरो केवल यही प्रर्थाना छ, जबसम्म शरीरमा प्राण रहन्छ मैले तिम्रो नाम लिइरहुं ।
==सन्दर्भ==
{{सन्दर्भ}}
|