"कृष्ण" का संशोधनहरू बिचको अन्तर

ईश्वरुपमा पहिचान
नेपालमा कृष्ण भक्ति धारा
पङ्क्ति ८६:
कृष्णको राजनैतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन [[अर्थव्यवस्था]]का पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे । प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वाधिक महत्त्व दिइन्थ्यो ।
राजनैतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरुलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन । अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरुले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरुले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनैतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो । उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरुले गर्थे , जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरुमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउंछ । <br />
==नेपालमा कृष्ण भक्ति धारा==
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनिकृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् । स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । निम्र्बा, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् । वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । यसलाई इस्कोन सोसायटी, हरेकृष्ण मिशन आदि संस्थाहरुले विश्व व्यापी बनाएका छन् ।
==भगवान कृष्णको जीवन==
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरु सधै. अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरुलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ । अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त बmुभाइ दिएका थिए । कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउंमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल संग निःसंग रहने कर्मण्येवाधिकारस्ते...को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ । अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः. नै अवतरित हुन सक्छ ।
महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरुले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरुलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो । प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरुको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ । महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो । <br />
 
== सन्दर्भ सामाग्री ==
"https://ne.wikipedia.org/wiki/कृष्ण" बाट अनुप्रेषित