"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

 
==अनुवाद==
सबभन्दा पहिले [[कठ उपनिषद]]को अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा [[दाराशिकोह]]ले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान [[एन्क्वेटिल]]ले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान [[म्याक्स मुलर]]ले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई[[गीता|श्रीमदभगवद्गीता]]लाई पनि उपनिषदमध्येको एक मानिन्छ ।<ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले [[गीता]]का श्लोकको पनि अनुवाद गरेका छन् ।
[[रामकृष्ण मठ]]को तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/530820" बाट अनुप्रेषित