"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
==उपनिषदहरुको संख्या==
 
उपनिषदहरुको संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । व्यासले[[व्यास]]ले माण्डूक्य उपनिषदलाई [[शुक्ल यजुर्वेदबाटयजुर्वेद]]बाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद बनेको छ । ऋग्वेदका[[ऋग्वेद]]का कुल २१ शाखाहरु छन् जसबाट २१ उपनिषद बने । यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद बने । सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट[[अथर्ववेद]]बाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरुको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषदहरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरुको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ ।<ref>उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।</ref>
सन्त पुरुषहरुले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरुको भाष्य गरेर तिनीहरुलाई सुरक्षित राख्ने काम गरे पछि यी १०उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् ।<ref>उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।</ref> र यी १० उपनिषद्लाई १०८ उपनिषदका आधार मानिन्छ । यी उपनिषदहरुको नाम निम्न प्रकार छ<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>–
 
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित