"ठोकर्पा" का संशोधनहरू बिचको अन्तर

Reverted good faith edits by Spyakurel (talk): A english. (TW)
लिङ्क थप भयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७०:
|footnotes =
}}
'''ठोकर्पा''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[बागमती अञ्चल]]को [[सिन्धुपाल्चोक जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। सिन्धुपाल्चोक जिल्लाको ७९ गाउँ विकास समिति मध्ये ठोकर्पा एक चर्चित गाउँ विकास समिति हो। यसको पूर्वमा [[लिसंखु]] र [[काभ्रेपलाञ्चोक जिल्ला]]को [[वेखसिम्ले]] गाविस पर्दछ भने पश्चिममा [[कालिका]] गाँउ विकास समिति पर्दछ। उत्तरमा अधिकांश भाग कालिका र केही भाग सुनखानी गाविस पर्दछ, दक्षिण तर्फ काभ्रेपलाल्चोक जिल्लाको वेखसिम्ले, सिम्थली, चौवास र सापिङ गाविस पर्दछ।
भौगोलिक हिसाबले अधिकांश भाग भिरालो छ। समुन्द्र् सतहबाट ७०० मिटर देखि १८०० मिटरसम्म उचाइमा फैलिएको यस गाँउ विकास समितिको सवैभन्दा अग्लो स्थान [[गोगने डाँडा]] हो। धान गहुँ मकै कोदो फापर आलु लसुन प्याज लगायतका थुप्रै प्रकारका नगदे तथा अन्न बाली उत्पादन हुने यस गाविसको धान खेतीयोग्य फाँटहरूमा महाकालबेसी डुँडेवसी ढाँडेवेसी सिम्लेवेसी पर्दछन। कृषिमा नै निर्भर अधिकांश जनतालाई वर्षको ९ महिना भन्दा बढी समयलाई आफ्नै कमाइले खान पुग्दछ।
 
"https://ne.wikipedia.org/wiki/ठोकर्पा" बाट अनुप्रेषित