"अर्थ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
चार [[पुरुषार्थ]]लाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ ।
==कौटलीय अर्थशास्त्र र शुक्रनीतिमा==
[[अर्थशास्त्र|कौटलीय अर्थशास्त्र]]मा उपर्युक्त अर्थमध्ये एक नया अर्थ प्रयोग गरी मानिसहरूको जीविकालाई पनि अर्थ भनिएको छ । यो अवधारणा आधुनिक शुद्ध अर्थशास्त्रको आधार हो । यस ग्रन्थमा वार्ताशास्त्रलाई जसरी परिभाषित गरिएको छ त्यसले के स्पष्ट हुन्छ भने शुद्ध अर्थशास्त्रको विषय वस्तु नै कौटलीय कालको वार्ताशास्त्र हो । वृत्ति अर्थात् जीवन निर्वाहको साधनस्वरुप भएका कृषि, पशुपालन, वाणिज्य, खानी, तथा निजी र सरकारी व्यापार सम्बन्धी शास्त्रको व्याख्या गर्ने विषयलाई कौटलीय अर्थशास्त्र र शुक्रनीतिमा[[शुक्रनीति]]मा वार्ता भनिएको छ । वार्ता शास्त्रको अध्ययनको महत्त्व उल्लेख गर्दै कौटलीय अर्थशास्त्रमा भनिएको छ, अर्थानर्थौ वार्तायाम् अर्थात् अर्थ आर्जन कसरी हुन सक्छ र त्यसको उपयोग कसरी हुन जान्छ त्यो कुरा वार्ताशास्त्रमा वर्णन गरिन्छ । <ref>{{cite book|last1=अर्याल,|first1=केशवराज,अनु., सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र (वि.सं.२०२४),|publisher=नेराप्रप्र|location=काठमाडौ|page=१.२.१}}</ref> शुक्रले अर्थलाई यसरी व्यक्त गरेका छन्– अर्थानर्थो तु वार्तायां दण्डनीत्यां नयानयौ<ref>{{cite ( book|title=शुक्रनीति सार, पूर्ववत् |page=१.१५३)}}</ref> अर्थात् वार्ता शास्त्रमा अर्थोपार्जन र खर्च गर्ने तरीकाहरू बताइएको हुन्छ । यस दृष्टिले वर्तमान समयका अर्थशास्त्र Economicsको विषय वस्तु वार्ता शास्त्रसंग मिल्छ ।
 
==आधुनिक अर्थशास्त्रमा==
आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–
"https://ne.wikipedia.org/wiki/अर्थ" बाट अनुप्रेषित