"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

+सुधार
Matter added
पङ्क्ति २४:
 
==जीवन==
 
{{ठुटो}}
स्वामी रामकृष्णका प्रिय शिष्य थिए नरेन (विवेकानन्द) । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरुको अनुभव र ज्ञान नै भएको बताउंथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरुले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए ।
विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । उनको त्यहां भाग लिन जाने इच्छा थिएन तर खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । उनले नै यात्राको सम्पूर्ण व्यवस्था मिलाई दिए अनि शिकागोको जाडोमा बंगाली गर्मीमा हुर्केका विवेकानन्दलाई ऊनी कोट आदि पहिरनको समेत व्यवस्था गरे ।
अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरुले लुट्नसम्म लूटे । जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहां भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको हालत खस्ता थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिंड्ने क्रममा चिठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सितम्बर मासको जाडो छल्न रात बिताउनु पर्यो । पासमा रहेका अमेरिकी पैसा सिद्धिए केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउंमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरुसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सासाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आआफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मंचमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
शिकागो मन्तव्यका मुख्य बुंदाहरु–
त्यहां भनेका केही मुख्य कुराहरु आज १२१ वर्ष पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–
१. म संन्यासको सबभन्दा प्राचीन परम्पराको अनुयायी हुं ।
२. विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।
३. जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरुलाई हिन्दुहरुले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।
४.जोरोस्टरका अनुयायी अग्निपूजकहरु आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरुलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरुमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।
५. उनले शास्त्रहरुबाट दुइवटा उद्धरण दिएका थिए । श्रीमद्भगवद्गीताको निम्नलिखित श्लोकको अर्थ उनले बताउंदै कुनै खास तरीकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।
६.धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।
७. धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।
८. यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउंछ ।
९.यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।
१०. शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।
आदि गुरु शंकराचार्यले शारदा, गोवर्धन, ज्योति, र शृंगेरी चारवटा मठ स्थापना गरेर प्रत्येक मठका लागि एक महावाक्य निर्धारण गरे जस्तै स्वामी विवेकानन्दले पनि मठको स्थापना गरे । रामकृष्ण मठको महावाक्य निर्धारण गरे– उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
यस बाहेक निर्धनतम समाजका लागि शिक्षा र स्वास्थ्य सुलभ गराउन मिशनहरुको पनि स्थापना गरेर समाजसेवा र ज्ञानका लागि पुस्तक पत्रिका प्रकाशनमा पनि उल्लेखनीय योगदान गरे ।
स्वामी अपूर्वानन्दले बांग्लामा [[शंकराचार्य]]को जुन जीवनी लेखेका छन् त्यो ध्यानले पढ्दा लाग्छ हामीहरुले स्वामी विवेकानन्दको जीवनी पढिरहेका छौं । (निवेदिताले त विवेकानन्दलाई शिवावतार नै मान्थिन् । स्वयं विवेकानन्दले पनि शिव शिव भन्ने गर्थे)। स्वामी अपूर्वानन्दले लेखेका छन्–
बारह शय वर्ष भइसक्यो आचार्य शंकरको काम आज पनि सकिएको छैन । आजको मानिसमा ऐश्वर्य छ । सम्पन्नता छ । गति छ । तीव्रता छ । तर उसको दुःख, पीडा र ताप घटेको छैन । नया“ नया“ आवरणमा बेरिएका भ्रम, मोह र छलकपटले मानिसको बुद्धि ढाकिएको छ । आधुनिक उपलब्धिहरुका साथै काम, क्रोध, लोभ, दम्भ, ईष्र्या, द्वेष आदि आसुरी भावका गति, क्षेत्र र तीव्रता पनि बढ्दै छन् । यी सबैको परित्राण कहां“ छ ? परित्राण केवल मानिसका आत्माको आविष्कारमा छ । सबैभित्र एक अविभाज्य चैतन्यसत्ता निरन्तर प्रकाशमान छ । जसको अनुभव हामीलाई शंकरको जीवनीबाट प्राप्त हुनसक्छ । शान्तिको एक मात्र बाटो त्यही हो ।
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिनु भयो, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिनु भयो त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं [[नारायण प्रसाद पोखरेल]]ले गरेका सुधारका केही कामहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।
त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बंगालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसंख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म [[अर्थशास्त्र]] अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै [[रामकृष्ण मिशन]], बेलुर मठ बंगाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ ।
वि.सं. २०७० मा नेपालमा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।
 
 
 
==सन्दर्भ सामग्री==
<ref>विवेकानन्द की जीवनी– रोम्यां रालां (अनु. रघुराज गुप्त), रामकृष्ण मठ, नागपुर, सन् २००९</ref>
{{reflist}}