"अर्थ" का संशोधनहरू बिचको अन्तर

अर्थ
सा (हिज्जे मिलाउँदै)
(अर्थ)
==अर्थ शब्दका प्रयोग==
संस्कृत भाषाको कोश, [[अमरकोश]]मा द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि लाई अर्थ शब्दको पर्यायवाची भनिएको छ ।<ref>{{cite book|last1=अमरसिंह|title=अमरकोश|publisher=यशोदा पुस्तकालय|location=वाराणसी|page=द्वितीय काण्ड, पंक्ति १८८६–८७}}</ref> यसमध्ये १० वटा नपुंसकलिंगी छन्, अन्तिम तीनवटा पुल्लिंगी छन् । अमरकोशको नामार्थ वर्गमा स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोद्रभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु ।
स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्रस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् । नेपाली वृहत् शब्दकोशमा अर्थ शब्दका पर्यायहरू यस प्रकार उल्लेख गरिएको छ– अभिप्राय, आशय, अभिधा, लक्षणा, व्यञ्जना, निमित्त, काम, चार पुरुषार्थमध्ये एक, धन, सम्पत्ति, विनिमयको माध्यम, सुन र चादी । <ref>{{cite book|last1=नेराप्रप्र|title=नेपाली वृहत् शब्दकोश|date=वि.सं.२०४१|publisher=नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान|location=काठमाडौ}}</ref>
चार [[पुरुषार्थ]]लाई पनि अर्थ भनिन्छ । यी पुरुषार्थहरू हुन्– अर्थ, काम, धर्म र मोक्ष । पुरुषार्थ शब्दमा समेत अर्थ जोडिनाले चारवटा पुरुषार्थमा अर्थ सर्वाधिक महत्वपूर्ण रहेछ भन्ने बुझिन्छ । त्यसैले अर्थार्थ, कामार्थ, धर्मार्थ, र मोक्षार्थ भन्ने प्रचलन छ । तर आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–
१. [[धन]], [[सम्पति]], ऐश्वर्य ।
२. विनिमयको माध्यम ।
३. मूल्यका रूपमा दिइने मुद्रा (जस्तै [[रूपयाँ]], [[रूपैयाँ|पैसा]], डलर, पौण्ड, युरो इत्यादि) वा सुन, चादी आदि ।
४. [[मूल्य]] निर्धारि®त द्रव्य ।
[[अर्थशास्त्र|कौटलीय अर्थशास्त्र]]मा उपर्युक्त अर्थमध्ये एक नया अर्थ प्रयोग गरी मानिसहरूको जीविकालाई पनि अर्थ भनिएको छ । यो अवधारणा आधुनिक शुद्ध अर्थशास्त्रको आधार हो । यस ग्रन्थमा वार्ताशास्त्रलाई जसरी परिभाषित गरिएको छ त्यसले के स्पष्ट हुन्छ भने शुद्ध अर्थशास्त्रको विषय वस्तु नै कौटलीय कालको वार्ताशास्त्र हो । वृत्ति अर्थात् जीवन निर्वाहको साधनस्वरुप भएका कृषि, पशुपालन, वाणिज्य, खानी, तथा निजी र सरकारी व्यापार सम्बन्धी शास्त्रको व्याख्या गर्ने विषयलाई कौटलीय अर्थशास्त्र र शुक्रनीतिमा वार्ता भनिएको छ । वार्ता शास्त्रको अध्ययनको महत्त्व उल्लेख गर्दै कौटलीय अर्थशास्त्रमा भनिएको छ, अर्थानर्थौ वार्तायाम् अर्थात् अर्थ आर्जन कसरी हुन सक्छ र त्यसको उपयोग कसरी हुन जान्छ त्यो कुरा वार्ताशास्त्रमा वर्णन गरिन्छ । <ref>{{cite book|last1=अर्याल,|first1=केशवराज,अनु., सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र (वि.सं.२०२४),|publisher=नेराप्रप्र|location=काठमाडौ|page=१.२.१}}</ref> शुक्रले अर्थलाई यसरी व्यक्त गरेका छन्– अर्थानर्थो तु वार्तायां दण्डनीत्यां नयानयौ ( शुक्रनीति सार, पूर्ववत् १.१५३) अर्थात् वार्ता शास्त्रमा अर्थोपार्जन र खर्च गर्ने तरीकाहरू बताइएको हुन्छ । यस दृष्टिले वर्तमान समयका अर्थशास्त्र Economicsको विषय वस्तु वार्ता शास्त्रसंग मिल्छ ।
 
 
[[रूपयाँ]], [[रूपैयाँ|पैसा]], [[धन]], [[सम्पति]]को रूपमा '''अर्थ'''लाई लिईन्छन।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/530391" बाट अनुप्रेषित