"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७१:
इसिजीमा ओस्बर्न जे वेभ देखा पर्नु लामो समयदेखि प्रचलनमा रहेको पहिचानको चिह्न हो। त्यस्तै शरीरको तापक्रम २८ डिग्री सेल्सियस (८२ डिग्री फरेन्हाइट) भन्दा कम हुँदा बारम्बार भेन्ट्रिकुलर फाइब्रिलेसन र २० डिग्री सेल्सियस (६८ डिग्री फरेन्हाइट) भन्दा कम हुँदा असिस्टोल देखा पर्छ। ओस्बर्न जे वेभ मायोकार्डियल इन्फ्राक्सनको बेलामा हुने एसटी खण्डको चढाव जस्तै देखिन सक्छ।
 
==बचाउ तथा सुरक्षा==
 
आवस्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ। ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा ऊनबाट बनेका लुगाहरू उपयोगी हुन्छन्। पोलिप्रोपाइलिन तथा पोलिस्टर जस्ता सिन्थेटिक कपडाहरू शरीरबाट पसिना तथा बाफलाई सजिलै बाहिर निकाल्ने भित्री लुगा तथा मोजाहरू बनाउन प्रयोग गरिन्छ। कसिलो लुगाले न्यानो रगतको बहावलाई रोक्ने हुनाले जाडोबाट बच्न अलि खुकुला खालका लुगा लगाउनु पर्छ। जाडो ठाउँमा घरबाहिरका क्रियाकलापको योजना बनाउँदा चिसो मौसमबाट बच्ने व्यवस्था गर्नु पर्छ। बाहिर जानुभन्दा अघि वा बाहिर गएर मद्यपान गर्नेहरूले कम्तिमा एक जना सुरक्षाको लागि जिम्मेवार मद्यपान नगर्ने व्यक्ति साथमा लिएर जानु आवस्यक छ।
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित