"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६४:
 
हाइपोथर्मियाको अन्तिम अवस्थामा बिरामीहरू आफ्नो ज्यानको सुरक्षाका लागि कुना काप्चामा लुक्न जान्छन् जसलाई अङ्ग्रेजीमा टर्मिनल बरोविङ वा हाइड-एन्ड-डाई सिन्ड्रोम भनिन्छ। यो अवस्थामा बिरामी खाटमुनि, लुगा राख्ने दराज, गुफा जस्ता ठाउँमा कुना काप्चामा लुक्न जान्छन्। यो अवस्था प्राय पाराडक्सिकल अन्ड्रेसिङसँगै आउने गर्दछ। जर्मनीका अनुसन्धानकर्ताहरूले दावी गरे अनुसार यस्तो क्रियाकलाप मस्तिष्कले स्वतस्फुर्त रूपमा गराउँछ। हाइपोथर्मियाको अन्तिम अवस्थामा देखिने यस्तो व्यवहार हिउँदमा गुफामा गएर आराम गर्ने भालु जस्ता जनावरको व्यवहार जस्तै हो। प्रायजसो बिस्तारै तापक्रम घटेको अवस्थामा भएको हाइपोथर्मियाका बिरामीहरूले यस्तो व्यवहार देखाउने गरेको पाइन्छ।
 
पहिचान
 
साधारण क्लिनिकल थर्मोमिटरले ३४.४ डिग्री सेल्सियस (९३.९ डिग्री फरेन्हाइट) भन्दा कम तापक्रम सही रूपमा नाप्न नसक्ने हुनाले शरीरको भित्री भागको वास्तविक तापक्रम थाह पाउन विशेष किसिमको कम तापक्रम नाप्ने थर्मोमिटर चाहिन्छ। तापक्रम नाप्नको लागि कम तापक्रम नाप्ने थर्मोमिटरलाई मलाशय, मूत्रथैली वा घाँटीको भित्री भागमा (इसफ्यागस) राख्नु पर्छ। मुख, काखीमा राख्ने थर्मोमिटर वा कानमा राखेर नापिने इन्फ्रारेड थर्मोमिटरले वास्तविक तापक्रम नाप्न सक्दैनन्। हाइपोथर्मिया भएको मानिसको मुटुको धड्कन दर अत्यन्तै कम हुन सक्छ। त्यसैले नाडीको दर पहिचान गर्न लामो समय लाग्न सक्छ। सन् २००५ मा अमेरिकन हर्ट एसोसिएसनले सिपिआर सुरु गर्नु भन्दा पहिला ३०-४५ सेकेन्डसम्म नाडी छामेर चले/नचलेको पहिचान गर्न सिफारिस गरेको छ। अन्यले भने यस्तो समय ६० सेकेन्ड हुनुपर्ने सिफारिस गरेका छन्।
 
इसिजीमा ओस्बर्न जे वेभ देखा पर्नु लामो समयदेखि प्रचलनमा रहेको पहिचानको चिह्न हो। त्यस्तै शरीरको तापक्रम २८ डिग्री सेल्सियस (८२ डिग्री फरेन्हाइट) भन्दा कम हुँदा बारम्बार भेन्ट्रिकुलर फाइब्रिलेसन र २० डिग्री सेल्सियस (६८ डिग्री फरेन्हाइट) भन्दा कम हुँदा असिस्टोल देखा पर्छ। ओस्बर्न जे वेभ मायोकार्डियल इन्फ्राक्सनको बेलामा हुने एसटी खण्डको चढाव जस्तै देखिन सक्छ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित