"नरेन्द्र मोदी" का संशोधनहरू बिचको अन्तर

सा "नरेन्द्र मोदी" लाई सुरक्षित गरियो: अत्यधिक बर्बरता देखिएकोले: अत्याधिक बर्बरता आइपी ठेगानाद...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
|alma_mater = [[गुजरात विश्वविद्यालय]]<ref name=moneycontrol>{{cite web|url=http://www.moneycontrol.com/biography/Narendra_Modi/550|title=Narendra Modi - Biography|accessdate = April 5, 2009|publisher=Moneycontrol}}</ref>
|education = [स्नातोकोतर (राजनीतिशास्त्र)] <ref>[http://narendramodi.in/pages/detail-biography नरेन्द्रको शिक्षा]</ref>
|religion = [[हिन्दू धर्म|हिन्दु]]
|email = cm@gujaratindia.com
|website = [http://www.narendramodi.in/ Narendra Modi]
पङ्क्ति ४०:
}}
 
'''नरेन्द्र दामोदरदास मोदी'''([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: [[:en:Narendra_Modi|Narendra Modi]]) ({{audio|Hi-NarendraModi.ogg|उच्चारण}}, {{lang-gu|નરેંદ્ર દામોદરદાસ મોદી}}; [[जन्म]]: १७ सेप्टेम्बर १९५०) [[भारत|गणतन्त्र भारत]]काको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा [[भारतीय जनता पार्टी]]काको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको [[गुजरात]]मा भएको थियो । उनी २००१ देखि २०१४ सम्म [[गुजरात]]को [[मुख्यमंत्री|मुख्यमन्त्री]] रहे । सन् २०१४ को लोकसभा चुनावमा [[भारतीय जनता पार्टी]]ले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् । <ref name=bbc1> [http://www.bbc.co.uk/nepali/news/2014/05/140517_india_polls.shtml मोदी विजय जुलुसको तयारीमा] बी बी सी नेपाली सेवा</ref> ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको छ ।<ref> [http://www.onlinekhabar.com/2014/05/199955/ बीजेपीले पायो स्पष्ट बहुमत, मोदी प्रधानमन्त्री निश्चित] अनलाईन खबर </ref> नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा [[भारतको राष्ट्रपति]]सामु सपथ ग्रहण लिएका छन् ।<ref> {{cite web | url = http://www.sambadmedia.com/?p=91832| title= मोदीद्वारा भारतीय प्रधानमन्त्रीमा सपथ ग्रहण | publisher = सम्बद मेडिया | date= १२ जेठ २०७१}}</ref> उनी स्वतन्त्र भारतको १५औ प्रधानमन्त्री हुन् तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन् ।
 
एउटा [[सभासद]]को रूपमा उनले भारतको [[उत्तर प्रदेश]]को सांस्कृतिक नगरी [[वाराणसी लोक सभा निर्वाचन क्षेत्र|वाराणसी]] तथा आफ्नो गृहराज्य गुजरातको [[वडोदरा लोक सभा निर्वाचन क्षेत्र|वडोदरा]] संसदीय क्षेत्रबाट चुनाव लडेका थिए र दुवै ठाउँबाट जित पाएका थिए ।<ref>{{cite news|url=http://www.npdailynews.com/index.php/international?start=112 |title=भारतमा प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदी दुबै स्थानबाट विजयी |publisher=नेपाल डेली |date=१६ मे २०१४}}</ref>
 
यसभन्दा पहिले उनी भारतीय राज्य [[गुजरात]]काको १४औ [[मुख्यमन्त्री]]को रुपमा रहेका थिए । उनलाई उनको कामको आधारमा गुजरातको जनताले लगातार ४ पटक (२००१ देखि २०१४ सम्म) मुख्यमन्त्री छानेका थिए । गुजरात विश्वविद्यालयबाट [[राजनीति विज्ञान]]मा स्नातकोत्तर डिग्री प्राप्त नरेन्द्र मोदी विकास पुरुषको नाम ले जानिन्छन् र वर्तमान समयमा भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक रहेका छन् । सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फोलोअर भएको भारतीय नेता हुन् ।<ref>{{cite web | url= http://ennnepal.com/2014/11/26/56860/| title= ट्वीटरमा मोदी अगाडी| publisher = एम नेपाल| date= २०१४ नोभेम्बर २६}}</ref> ''[[टाइम (पत्रिका)|टाइम]]'' पत्रिकाले मोदीलाई [[टाइम वर्ष व्यक्ति]] २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो ।<ref>{{cite web | url=http://www.rajdhani.com.np/article/0957362001418095112| title=मोदी ‘टाइम वर्ष व्यक्ति’ नजिक | publisher=''राजधानी'' | accessdate=२२ मंसिर २०७१}}</ref>
 
[[अटल बिहारी वाजपेयी]] जस्तै नरेन्द्र मोदी एउटा [[राजनेता]] र कवि हुन् । उनी [[गुजराती भाषा]] वाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् ।