"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४:
 
===मन्द हाइपोथर्मिया===
मन्द हाइपोथर्मियाका लक्षणहरू अनिश्चित खालका हुन्छन्।<ref name=Care99/> यो खालको हाइपोथर्मिया भएको बेलामा स्नायु प्रणालीमा अति सम्वेदशीलता सक्रिय भएर काम्ने, रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने, छिटोछिटो सास फेर्ने तथा रक्त नलीहरू खुम्चिने जस्ता समस्याहरू देखा पर्छन्। यी सबै कृयाकलापहरू ताप जोगाउन मानव शरीरले देखाउने प्रतिक्रियाका कारणले हुने गर्दछन्। चिसोका कारण धेरै पिसाब आउने, दिमाग सुस्त भएर अल्मलिने कलेजोले काम नगर्ने (हेपाटिक डिस्फङ्सन) पनि हुन सक्छ। शरीरमा रहेका जीवकोषहरूले कम ग्लुकोज प्रयोग गर्ने, इन्सुलिनको उत्पादन पनि कम हुने र तन्तुहरूको इन्सुलिनप्रतिको सम्वेदशीलता पनि कमजोर हुने भएकोले यो समस्या भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा बढी हुने रोग (हाइपरग्लाइसेमिया) पनि हुन सक्छ। स्नायु प्रणालीको अति सम्वेदशीलताको सक्रियताले कलेजोबाट पनि ग्लुकोज उत्पादन हुन थाल्छ। धेरै अवस्थाहरूमा, विशेष गरी मद्यपान गर्ने मानिहरूलाई हाइपरग्लाइसेमिया हुने सम्भावना अत्यन्तै धेरै हुने गरेको पाइन्छ। हाइपरग्लाइसेमियाका कारण मानिसलाई हाइपोथर्मिया हुने भएकोले धेरै जसो मानिसहरूलाई यी दुवै समस्याहरू सँगसँगै देखापर्छन्।
 
===मध्यम हाइपोथर्मिया===
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित