"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५३:
 
बोल्न र हलचल गर्न गाह्रो हुने, दिमागले काम गर्न छोडेर सबैकुरा भुल्ने, हात चलाउन नसक्ने तथा खुट्टा लरबराउने जस्ता लक्षणहरू पनि देखिन्छ। शरीरका जीवकोषहरूमा सञ्चालन हुने जीवन प्रक्रियाहरू बन्द हुन्छन्। तापक्रम ३० डिग्री सेन्टिग्रेड (८६ डिग्री फरेन्हाइट) भन्दा कम भएपछि बाहिर रहेको छाला नीलो हुन्छ र सुन्निन्छ, मांसपेसीको सन्तुलन कमजोर हुन्छ, हिँडडुल गर्न प्राय असम्भव हुन्छ। त्यस्तै यो अवस्थामा भएको मानिस बर्बराउने, बेतुकका क्रियाकलापहरू देखाउने, अँध्यारो कुनामा लुक्न जाने ( टर्मिनल बरोविङ) वा बेहोस हुने पनि हुन सक्छ। नाडी र स्वासप्रश्वासको दर उल्लेख्य मात्रामा घट्छ तर मुटुको धड्कन बढ्न (भेन्ट्रिकुलर ट्राकिकार्डिया, आट्रियल फाइब्रिलेसन) सक्छ। अन्त्यमा प्रमुख अङ्गहरूले पनि काम गर्न छोड्छन् र मानिसको मृत्यु हुन्छ।
 
====बेहोसीमा कपडा खोल्ने (पाराडक्सिकल अन्ड्रेसिङ)====
हाइपोथर्मियाबाट मृत्यु हुने मध्ये बीसदेखि पचास प्रतिसत मानिसको मृत्यु बेहोसीमा कपडा खोलेका कारणले हुने गर्दछ। प्रायजसो हाइपोथर्मियाको मध्यम स्तरबाट कडा स्तरमा पुग्ने बेलामा बिरामीहरूले होस गुमाएर, अलमल्ल र आफूलाई जोगाउने भएर यस्तो क्रियाकलाप गर्ने गर्दछन्। उनीहरूले यो अवस्थामा आफ्नो कपडा उतार्छन् जसको परिणामस्वरुप शरीरबाट तापको क्षति हुने दर बढ्छ।
 
हिमाली भूभागमा हराएकाहरूको उद्दारमा खटिनेहरूलाई तालिमको बेलामा यस्तो हुन सक्ने बारेमा जानकारी दिइएको हुन्छ। अन्य स्थानमा हाइपोथर्मियाका बिरामीको उद्दार गर्ने मानिहरूले कहिलेकाहीँ उसमाथि यौनशोषण भएको गलत संका गर्ने गरेको पाइन्छ।
 
यस्तो किन हुन्छ भन्नेबारेमा गरिएको एक अध्ययनले मस्तिष्कको हाइपोथालामसले काम नगरेको हुनाले यस्तो भएको हुन सक्ने ब्याख्या गरेको छ। हाइपोथालामसले शरीरको तापक्रम व्यवस्थापन गर्ने काम गर्दछ। त्यस्तै अर्को अध्ययनले -'शरीरको बाह्य सतहमा रक्तनलीहरू रित्तिने तथा मांसपेसी खुम्चिने हुनाले रगतको तिब्र बहाव हुने र एक्कासी हुने यस्तो बहावले मानिसलाई आफ्नो शरीर अत्यन्तै तातेको महशुस गराउँछ। यही गलत धारणाका कारण यो अवस्थामा बिरामीले आफ्ना कपडा खोल्ने गर्दछन्' भन्ने धारणा अघि सारेको छ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित