"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
===मन्द हाइपोथर्मिया===
मन्द हाइपोथर्मियाका लक्षणहरू अनिश्चित खालका हुन्छन्। यो खालको हाइपोथर्मिया भएको बेलामा स्नायु प्रणालीमा अति सम्वेदशीलता सक्रिय भएर काम्ने, रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने, छिटोछिटो सास फेर्ने तथा रक्त नलीहरू खुम्चिने जस्ता समस्याहरू देखा पर्छन्। यी सबै कृयाकलापहरू ताप जोगाउन मानव शरीरले देखाउने प्रतिक्रियाका कारणले हुने गर्दछन्। चिसोका कारण धेरै पिसाब आउने, दिमाग सुस्त भएर अल्मलिने कलेजोले काम नगर्ने (हेपाटिक डिस्फङ्सन) पनि हुन सक्छ। शरीरमा रहेका जीवकोषहरूले कम ग्लुकोज प्रयोग गर्ने, इन्सुलिनको उत्पादन पनि कम हुने र तन्तुहरूको इन्सुलिनप्रतिको सम्वेदशीलता पनि कमजोर हुने भएकोले यो समस्या भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा बढी हुने रोग (हाइपरग्लाइसेमिया) पनि हुन सक्छ। स्नायु प्रणालीको अति सम्वेदशीलताको सक्रियताले कलेजोबाट पनि ग्लुकोज उत्पादन हुन थाल्छ। धेरै अवस्थाहरूमा, विशेष गरी मद्यपान गर्ने मानिहरूलाई हाइपरग्लाइसेमिया हुने सम्भावना अत्यन्तै धेरै हुने गरेको पाइन्छ। हाइपरग्लाइसेमियाका कारण मानिसलाई हाइपोथर्मिया हुने भएकोले धेरै जसो मानिसहरूलाई यी दुवै समस्याहरू सँगसँगै देखापर्छन्।
 
===मध्यम हाइपोथर्मिया===
शरीरको तापक्रम घटेसँगै शरीरको कम्पन बढेर जान्छ। सजिलै देख्न सकिने गरी मांसपेसीको सन्तुलन बिग्रिन्छ। शरीरको चाल सुस्त र कठिन हुन्छ। हाइपोथर्मिया मध्यम अवस्थामा भएको व्यक्ति सतर्क जस्तो देखिए पनि हिँड्दा लरबराउने र अल्मलिने हुन्छ। यो अवस्थामा पुगेपछि शरीरले बाँकि सबै स्रोत र साधन महत्वपूर्ण अङ्गहरू तातो राख्न खर्चिने हुनाले सतहका रक्तनलीहरू खुम्चिने गर्दछन्। शरीर रगतबिहिन जस्तो देखिन्छ। ओठ, कान तथा हातगोडाका औँलाहरू नीला देखिन्छन्।
 
===कडा हाइपोथर्मिया==
शरीरको तापक्रम अझै घटेपछि शरीरका विभिन्न प्रणालीहरू झनै कमजोर हुन पुग्छन् र मुटुको धड्कन, स्वासप्रश्वासको दर तथा रक्तचाप पनि एकैसाथ घट्छन्। परिणामस्वरुप शरीरको तापक्रम २८ डिग्री सेन्टिग्रेड (८२ डिग्री फरेन्हाइट) हुँदा मुटुको धड्कन ३० को हाराहारीमा हुन्छ।
 
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित