"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
मन्द खालको हाइपोथर्मियाको उपचार गर्न ताता पेयपदार्थहरू पिउने, विभिन्न शारीरिक क्रियाकलापहरू गर्ने र न्यानो लुगा लगाउने गर्न सकिन्छ। मध्यम खालको हाइपोथर्मिया भएका मानिहरूलाई तातो बनाउने विद्युतीय कम्बलहरू वा तताइएका नसाबाट दिइने तरल पदार्थहरू सिफारिस गरिन्छ। मध्यम तथा कडा खालको हाइपोथर्मिया भएका मानिहरूलाई हल्कासँग यताउता सार्नु पर्छ। कडा खालको हाइपोथर्मिया भएमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन (इसिएमओ) वा कार्डियोपल्मोनरी बाइपास लाभदायक हुन सक्छ। यदि बिरामीको नाडीको गति महशुस भएन भने माथि उल्लेखित उपचारका साथमा कार्डियोपल्मोनरी रिसक्सिकेसन (सिपिआर) पनि गरिनु आवस्यक छ। बिरामीको शरीरको तापक्रम ३२ डिग्री सेन्टिग्रेड (९० डिग्री फरेन्हाइट) नपुगेसम्म शरीरलाई निरन्तर तताउनु पर्छ। यदि यो बिन्दुमा पनि बिरामीमा कुनै सुधार आएन भने वा कुनै पनि समय रगतमा पोटासियमको मात्रा १२ एममोल प्रति लिटरभन्दा बढि छ भने सिपिआर बन्द गर्नु पर्छ।<ref name=NEJM2012/>
 
[[संयुक्त राज्य अमेरिका]]मा हाइपोथर्मियाका कारण प्रत्येक वर्ष १५०० भन्दा बढि मानिसको मृत्यु हुने गर्दछ।<ref name=NEJM2012/> यो समस्या बृद्ध मानिसहरू र पुरुषहरूमा बढि हुने गरेको पाइन्छ।<ref name=Brac2012>{{cite book|last1=Bracker|first1=Mark|title=The 5-Minute Sports Medicine Consult|date=2012|publisher=Lippincott Williams & Wilkins|isbn=9781451148121|page=320|edition=2|url=https://books.google.ca/books?id=-LOm9enAxQ8C&pg=PA320}}</ref> हालसम्म हाइपोथर्मिया भएर बाँचेका मध्ये सबैभन्दा कम तापक्रम १३ डिग्री सेन्टिग्रेड (५५.४ डिग्री फरेन्हाइट) भएको पाइएको छ। स्विडेनमा चिसो पानीमा डुबेर मृत्युको मुखमा पुगेकी उक्त बालिका ७ वर्षकी थिइन्।<ref>{{cite web|title=Remarkable recovery of seven-year-old girl|url=http://sverigesradio.se/sida/artikel.aspx?programid=2054&artikel=4296666|website=http://sverigesradio.se/|accessdate=2 March 2015|date=Jan 17, 2011}}</ref> त्यस्तै लगतार ६ घण्टासम्म सिपिआर गरेर बचाइएको तथ्य पनि दर्ता गरिएको छ। इसिएमओ वा बाइपास गरिका मध्ये ५०% मानिस बाँच्न सफल भएका छन्।<ref name=NEJM2012/> हाइपोथर्मियाले धेरै युद्धहरूमा निर्णायक भुमिका निर्वाह गरेको छ।<ref name=Rosen2010>{{cite book |title=Rosen's emergency medicine: concepts and clinical practice 7th edition |last=Marx |first=John |year=2010 |publisher=Mosby/Elsevier|location=Philadelphia, PA |isbn=978-0-323-05472-0 |page=1870 |url= }}</ref>
 
वर्गीकरण
 
जुनसुकै कारणले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई हाइपोथर्मिया भनिन्छ। हाइपोथर्मियालाई शरीरको घटेको तापक्रमको मात्रा अनुसार मन्द, मध्यम र कडा गरी तीन भागमा वर्गीकरण गरिएको छ।
 
अर्को प्रणालीमा लक्षणहरूका आधारमा हाइपोथर्मियाको वर्गीकरण गरिन्छ जसलाई स्विस स्टेजिङ प्रणाली भनिन्छ। शरीरको तापक्रम सही तरिकाले नाप्न सम्भव नभएको अवस्थामा यो प्रणाली अपनाइन्छ।
 
कम तापक्रमकै कारणले हुने अन्य समस्याहरू पनि छन्। यिनीहरूलाई हाइपोथर्मियासँग जोडेर वा अलग राखेर दुबै तरिकाले प्रस्तुत गर्न सकिन्छ।
 
* चिल्ब्लेन्स- पटकपटक चिसो ठाउँमा बस्दा छालाको सतहमा देखापर्ने फोकाहरू।
 
* हिउँले खानु- शरीरको कुनै भाग चिसोले जमेर तन्तुहरू नष्ट हुनु।
 
* फ्रस्टनिप- कोषको क्षति नभइ छाला र केही भित्रसम्म चिसो हुनु।
 
* ट्रेन्च फुट (हिलोले खानु)- नजमेको पानी वा हिलोमाटोमा खुट्टा लगातार रहरहँदा आउने समस्या।
 
मानव शरीरको तापक्रम साधारणतया ३६.५-३७.५ डिग्री सेन्टिग्रेड (९७.७-९९.५ डिग्री फरेन्हाइट) हुन्छ। यदि यो तापक्रम ३७.५-३८.३ डिग्री सेन्टिग्रेड (९९.५-१००.९ डिग्री फरेन्हाइट) भन्दा बढि भयो भने त्यस्तो अवस्थालाई ज्वरो वा हाइपर्थर्मिया भनिन्छ।
 
 
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित