"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
}}
 
'''हाइपोथर्मिया''' भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ। यसको लक्षण तापक्रम अनुसार फरक-फरक हुन सक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र [[दिमाग]]को सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।<ref name=NEJM2012>{{cite journal|last1=Brown|first1=DJ|last2=Brugger|first2=H|last3=Boyd|first3=J|last4=Paal|first4=P|title=Accidental hypothermia.|journal=The New England Journal of Medicine|date=Nov 15, 2012|volume=367|issue=20|pages=1930–8|pmid=23150960|doi=10.1056/NEJMra1114208}}</ref>
 
हाइपोथर्मिया मुख्यतया दुई कारणहरूले हुने गर्दछ। साधारणतया यो समस्या लामो समयसम्म चिसोमा बस्नाले लाग्ने गर्दछ।<ref name=Rosen2010/> त्यस्तै कुनै कारणले शरीरमा ताप उत्पादन घट्यो वा शरीरबाट ठूलो मात्रामा ताप बाहिरियो भने पनि हाइपोथर्मिया हुन सक्छ।<ref name=Rosen2010>{{cite book |title=Rosen's emergency medicine: concepts and clinical practice 7th edition |last=Marx |first=John |year=2010 |publisher=Mosby/Elsevier|location=Philadelphia, PA |isbn=978-0-323-05472-0 |page=1870 |url= }}</ref> यस्तो हुनुमा अल्कोहलले शरीरलाई पुर्याउने असरको (अल्कोहल इन्टक्सिकेसन) मुख्य भुमिका रहेको हुन्छ भने रगतमा चिनीको मात्रा कम हुनु, खानमा रुची नहुनु तथा बृद्धावस्थाका कारणले पनि शरीरको तापक्रम घट्न सक्छ।<ref name=Rosen2010/><ref name=NEJM2012/> शरीरमा सञ्चालन हुने तापक्रम नियमन प्रक्रियाले (थर्मोरेगुलेसन) शरीरको तापक्रम साधारणतया ३६.५-३७.५ डिग्री सेन्टिग्रेड (९७.७-९९.५ डिग्री फरेन्हाइट)को हाराहारीमा राख्ने गर्दछ। शरीरको तापक्रम बढाउन काम्ने, जीउ चलाउने क्रियाकलाप बढाउने, तातो वस्तुले सेकाउने र न्यानो कपडा लगाउने गर्न सकिन्छ।<ref name=NEJM2012/> यदि कुनै मानिस यसको जोखिममा रहेको अवस्थामा छ भने उसले देखाउने लक्षणका आधारमा हाइपोथर्मियाको पहिचान गर्न सकिन्छ नत्र अन्य अवस्थामा पहचानको लागि उसको शरीरको तापक्रम नाप्नु पर्ने हुन्छ।<ref name=NEJM2012/>
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित