"हाइपोथर्मिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
 
हाइपोथर्मिया मुख्यतया दुई कारणहरूले हुने गर्दछ। साधारणतया यो समस्या लामो समयसम्म चिसोमा बस्नाले लाग्ने गर्दछ।<ref name=Rosen2010/> त्यस्तै कुनै कारणले शरीरमा ताप उत्पादन घट्यो वा शरीरबाट ठूलो मात्रामा ताप बाहिरियो भने पनि हाइपोथर्मिया हुन सक्छ।<ref name=Rosen2010>{{cite book |title=Rosen's emergency medicine: concepts and clinical practice 7th edition |last=Marx |first=John |year=2010 |publisher=Mosby/Elsevier|location=Philadelphia, PA |isbn=978-0-323-05472-0 |page=1870 |url= }}</ref> यस्तो हुनुमा अल्कोहलले शरीरलाई पुर्याउने असरको (अल्कोहल इन्टक्सिकेसन) मुख्य भुमिका रहेको हुन्छ भने रगतमा चिनीको मात्रा कम हुनु, खानमा रुची नहुनु तथा बृद्धावस्थाका कारणले पनि शरीरको तापक्रम घट्न सक्छ।<ref name=Rosen2010/><ref name=NEJM2012/> शरीरमा सञ्चालन हुने तापक्रम नियमन प्रक्रियाले (थर्मोरेगुलेसन) शरीरको तापक्रम साधारणतया ३६.५-३७.५ डिग्री सेन्टिग्रेड (९७.७-९९.५ डिग्री फरेन्हाइट)को हाराहारीमा राख्ने गर्दछ। शरीरको तापक्रम बढाउन काम्ने, जीउ चलाउने क्रियाकलाप बढाउने, तातो वस्तुले सेकाउने र न्यानो कपडा लगाउने गर्न सकिन्छ। यदि कुनै मानिस यसको जोखिममा रहेको अवस्थामा छ भने उसले देखाउने लक्षणका आधारमा हाइपोथर्मियाको पहिचान गर्न सकिन्छ नत्र अन्य अवस्थामा पहचानको लागि उसको शरीरको तापक्रम नाप्नु पर्ने हुन्छ।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/हाइपोथर्मिया" बाट अनुप्रेषित