"ब्रजेश खनाल" का संशोधनहरू बिचको अन्तर

information
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
==जीवनी==
अंग्रेजी र पत्रकारितामा स्नातक तहसम्म अध्ययन पश्चात उनी नेपालको पहिलो बहु राष्ट्रिय बैंक नबिलमा पाँच वर्ष कार्यरत रहे। तत्पश्चात नेपाल टेलिभिजनको पहिलो धारावाहिक पंचतन्त्रबाट उनले अभिनय यात्राको थालनी गरे। अपुताली, आँखा, आफ्नो कमाइ, पावर हाउस, मार्शल, सुनको फूल जस्ता टेलिफिल्ममा नायकको रूपमा उनको अभिनय देख्न पाइन्छ। यसैसंगै उनले टेलिलचित्र र ठूलो पर्दाको चलचित्रमा पनि लेखन शुरु गरे। विजय पराजय, मनकामना, मिलन, नाता, चोट, ट्रक ड्राइभर, मोहनी, सोल्टिनी, झझल्को, बादल, टुहुरो, सीता, सासुबुहारी, करोडपति, नेपाली बाबु, बादल पारि, गोठालो, भाउजु, एकादेशमा, परिभाषा, भीष्म प्रतिज्ञा, सारंगी, आशीर्वाद, खानदान, मेघा, ग्याम्बलर, बजार इत्यादि उनका केही चर्चित चलचित्रहरू हुन्। यी मध्ये केहीमा सहनायकको रूपमा अभिनय गरे पनि पछि उनी लेखनमै सकृय भए।
 
हाल पछिल्लो सात वर्ष देखि नेपाल साप्ताहिकमा उनी बायाँ फन्को नामक नियमित पाक्षिक स्तम्भ लेखिरहेका छन्। त्यस बाहेक कान्तिपुर तथा नागरिक जस्ता राष्ट्रिय दैनिकहरूमा पनि उनी कलम चलाइरहेका छन्। सन् २०१३मा प्रकाशित उनको पहिलो उपन्यास यायावर निकै चर्चित रह्यो भने उनको दाेश्रो उपन्यास जुनेली पनि बजारमा जान तयार रहेको छ।
 
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/ब्रजेश_खनाल" बाट अनुप्रेषित