"आउँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
| MeshID = D004403
}}
'''आउँ''', '''मासी''' वा '''रगतमासी''' भन्नाले आन्द्रा सुन्निएर रगतसहितको पातलो दिसा लागेको अवस्थालाई बुझिन्छ।<ref name="Dorlands">{{DorlandsDict|three/000033012|Dysentery}}</ref><ref>{{cite web|title=Dysentery|url=http://www.who.int/topics/dysentery/en/|website=who.int|accessdate=28 November 2014}}</ref> यसका साथै ज्वरो आउने, पेट दुख्ने तथा दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महशुस हुने (रेक्टल टेनेस्मस) जस्ता लक्षणहरू देखा पर्छन्। यो रोग ब्याक्टेरिया, भाइरस, परजीवी कीराहरू वा प्रोटोजोआ आदिका कारणले हुने विभिन्न किसिमका सङ्क्रमणका कारणले हुने गर्दछ। यो एक प्रकारको ग्यास्ट्रोएन्टेराइटिस रोग हो। आन्द्रामा (विशेष गरी ठूलो आन्द्राको कोलोनमा) सङ्क्रमण भइ सुन्निएर हुने समस्याले गर्दा आउँ लाग्ने गर्दछ।
 
विकसित देशहरूमा प्रायजसो ब्याक्टेरियाका कारणले हुने आउँ (ब्यासिलरी डिसेन्ट्री) लाग्ने गर्दछ। साधारणतया हल्का पेट दुख्ने र तारन्तार दिसा वा पखाला लाग्ने जस्ता लक्षण देखिने ब्यासिलरी डिसेन्ट्री मन्द खालको बिमारी हो। प्रायजसो सङ्क्रमणको एकदेखि तीन दिनपछि देखा पर्ने लक्षणहरू एक हप्ताभन्दा बढी रहँदैनन्। दिसा लाग्ने बारम्बारता, पातलो दिसाको मात्रा तथा दिसामा मासी, पिप र रगतको मात्रा रोग लगाउने कीटाणुको प्रकारमा निर्भर गर्दछ। अस्थायी रूपमा ल्याक्टोज इन्टोलरेन्स देखा पर्नसक्छ। केही बिरामीहरूमा पेट एकदमै दुख्ने, ज्वरो, रक्तचाप घटेर मुर्छा पर्ने (सक) तथा बेचैनी, भ्रम (डिलिरिअम) जस्ता लक्षणहरू देखिन्छन्।
"https://ne.wikipedia.org/wiki/आउँ" बाट अनुप्रेषित