"नालापानीको लडाइँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
+ add
पङ्क्ति १:
{{stub}}
{{under construction|date=नोभेम्बर २०१५}}
{{Infobox military conflict
|conflict= नालापानीको युद्ध
Line २० ⟶ १९:
}}
'''नालापानीको युद्ध''' ({{en|Battle of Nalapani}}) [[नेपाल]]ले [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ब्रिटिश सरकार]]सँग लडेको पहिलो साहसिक युद्ध थियो<ref>[http://www.nepalarmy.mil.np/history.php?page=two नेपालको इतिहास - शाही नेपाली सेना]</ref> जसमा [[गोर्खा अधिराज्य|गोर्खा]]को घर अधीनमा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]] र [[नेपाल]]को सेना बीच लडाईं भएको थियो। [[नेपालको इतिहास]]मा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टुबर २२ का दिन अङ्ग्रेज सेनानायक [[जनरल गिलेस्पी]]ले आफ्ना फौज लिएर [[देहरादून]] प्रवेश गरेका थिए। [[देहरादून]] कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न [[नेपाल]]का सेनाप्रति [[अमरसिंह थापा]]ले उक्त इलाकाको रक्षार्थ कप्तान [[बलभद्र कुँवर]]लाई खटाएका थिए। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा [[बलभद्र कुँवर|वीर बलभद्र कुँवर]]ले आफ्ना [[नेपाली सेना|नेपाली सिपाही]], [[महिला]] तथा केटाकेटी गरी करिब छ सय जनाको साथमा [[बलभद्र कुँवर|बलभद्र]] युद्धको तयारी गर्दै थिए।<ref>{{cite news|last1=नालापानीको_युद्ध|title=नालापानीको कथा अब नाटकघर तिर|url=http://aradioaudio.com/news/376/%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-%E0%A4%A8%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%98%E0%A4%B0-%E0%A4%A4%E0%A4%BF%E0%A4%B0/|accessdate=चैत्र २७|publisher=aradioaudio}}</ref> [[नेपाली सेना|नेपाली फौज]]सित [[हतियार]]का नाममा केही [[तोप]], भरुवा बन्दुक, ढुङ्गामुढा, [[खुकुरी]], [[धनुष बाण]], भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए। अङ्ग्रेजहरूका आधुनिक [[हतियार]] र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपालीलाई फलामको चिउरा चपाउनु बराबरको काम थियो। त्यसै बखत ३० अक्टुबरका दिन [[जनरल गिलेस्पी|गिलेस्पी]]ले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे। किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बच्न सफल भए। लेप्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए। प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे। दोस्रो पटक [[जनरल गिलेस्पी]]समेत मारिए। [[जनरल गिलेस्पी|गिलेस्पी]]को मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले।
 
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे। त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र [[पानी]]को मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन्। पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो। बाहिरबाट शत्रुका तोपहरूको अग्निवषरा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए। त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि [[बलभद्र कुँवर|बलभद्र]]ले स्वतः किल्ला छोड्नुपरेको थियो। सन् १८१४ नोभेम्बर ३० मा [[बलभद्र कुँवर|बलभद्र]]ले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए। किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो। युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे। उक्त स्मारकको शिलालेखमा लेखिएको छ। ''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार।'' हालको [[देहरादून]] स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ। [[भारत]]को [[उत्तराखण्ड|उत्तराखण्ड राज्य]] अन्तर्गत पर्ने [[देहरादून]]को नालापानीमा पर्ने खलङ्गा किल्लाले [[नेपाल]] र नेपालीको गौरवमय इतिहास बोकेको छ।
 
==बाह्य लिङ्कहरू==