"नालापानीको लडाइँ" का संशोधनहरू बिचको अन्तर

सा ++ info
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
|campaignbox=
}}
'''नालापानीको युद्ध''' ({{en|Battle of Nalapani}}) [[नेपाल]]ले [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ब्रिटिश सरकार]]सँग लडेको पहिलो साहसिक युद्ध थियो<ref>[http://www.nepalarmy.mil.np/history.php?page=two नेपालको इतिहास - शाही नेपाली सेना]</ref> जसमा [[गोर्खा अधिराज्य|गोर्खा]]को घर अधीनमा [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]] र [[नेपाल]]को सेना बीच लडाईं भएको थियो। [[नेपालको इतिहास]]मा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टुबर २२ का दिन अङ्ग्रेज सेनानायक [[जनरल गिलेस्पी]]ले आफ्ना फौज लिएर [[देहरादून]] प्रवेश गरेका थिए। [[देहरादून]] कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न [[नेपाल]]का सेनाप्रति [[अमरसिंह थापा]]ले उक्त इलाकाको रक्षार्थ कप्तान [[बलभद्र कुँवर]]लाई खटाएका थिए। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा [[बलभद्र कुँवर|वीर बलभद्र कुँवर]]ले आफ्ना [[नेपाली सेना|नेपाली सिपाही]], [[महिला]] तथा केटाकेटी गरी करिब छ सय जनाको साथमा [[बलभद्र युद्धकुँवर|बलभद्र]]को युद्धको तयारी गर्दै थिए।<ref>{{cite news|last1=नालापानीको_युद्ध|title=नालापानीको कथा अब नाटकघर तिर|url=http://aradioaudio.com/news/376/%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-%E0%A4%A8%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%98%E0%A4%B0-%E0%A4%A4%E0%A4%BF%E0%A4%B0/|accessdate=चैत्र २७|publisher=aradioaudio}}</ref> [[नेपाली सेना|नेपाली फौज]]सित [[हतियार]]का नाममा केही [[तोप]], भरुवा बन्दुक, ढुङ्गामुढा, [[खुकुरी]], [[धनुष बाण]], भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए। अङ्ग्रेजहरूका आधुनिक [[हतियार]] र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपालीलाई फलामको चिउरा चपाउनु बराबरको काम थियो। त्यसै बखत ३० अक्टुबरका दिन [[जनरल गिलेस्पी|गिलेस्पी]]ले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे। किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बच्न सफल भए। लेप्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए। प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे। दोस्रो पटक [[जनरल गिलेस्पी]]समेत मारिए। [[जनरल गिलेस्पी|गिलेस्पी]]को मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले।
 
== पृष्ठभूमि ==