"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

चित्रीहरू अहिलेपनि पाइन्छ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(चित्रीहरू अहिलेपनि पाइन्छ)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
[[चित्र:चितवन.jpg|200px|thumb|left|चितवन जिल्ला]]
'''चितवन जिल्ला''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्रमा [[नारायणी अञ्चल]]को पश्चिमी भागमा अवस्थित एक जिल्ला हो । यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत श्रृङ्खला]] छ। [[भरतपुर (नारायणी)|भरतपुर]], नेपालको एक ठूलो बजार र चितवनको सदरमुकाम हो। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट, [[नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ। उक्त क्षेत्रफलमध्ये ९०८.७९ वर्ग किलोमिटर [[चितवन राष्ट्रिय निकुञ्ज]]ले ढाकेको क्षेत्रफल वाहेक बाँकी क्षेत्रफल १३२९.६० वर्ग किलोमिटरलाई ??? गाउँ विकास समिति र सात नगरपालिका ([[भरतपुर नगरपालिका]], [[रत्ननगर नगरपालिका]], [[खैरहानी नगरपालिका]], [[चित्रवन नगरपालिका]], [[माडी नगरपालिका]], र [[नारायणी नगरपालिका]]) (, कालिका नगरपालिका ),(राप्ती नगरपालिका )मा विभाजन गरिएको छ।
 
== उत्पत्ति ==
चितवनको नामको उत्पत्तिको बारेमा ३ मुख्य कथा रहेको छ।
- पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी ( वन ) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
- चितवनको वनमा पहिले चित्री पाईन्थे रे (चित्रीहरू अहिले पनि पाइन्छ)जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
- चित्र वंशका राजा हरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/505373" बाट अनुप्रेषित