"धरान उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६१:
 
== प्रमुख आकर्षण केन्द्र ==
धरानभित्र तथा बाहिरबाट धरान भित्रिने पर्यटकहरू धरानको देखि केही माथि रहेको [[धनकुटा जिल्ला]]मा अवस्थित [[भेडेटार]] चढने गर्दछन, जहाबाट धरान नगर तथा [[सुनसरी जिल्ला|सुनसरी]] र [[मोरङ जिल्ला|मोरङ]] जिल्लाका अधिकांश स्थान देख्न सकिन्छ । धरान सहर भित्रै रहेको आकर्षक घन्टाघर तथा भुकम्प स्मारक धरानका गहना भएर रहेका छन। धरान [[कोशी टप्पु वन्यजन्तु आरक्ष]]को पूर्वपट्टीको द्धार समेत रहेकाले पर्यटक आवागमन पनि भइनै रहेको हुन्छ। पूर्वाञ्चलको प्रमुख बाणिज्य केन्द्र धरान पूर्वाञ्चलको सबै भन्दा महत्वपूर्ण शिक्षा तथा स्वास्थ्यको पनि केन्द्र हो। धरान जनसंख्याको हिसाबले नेपालका [[काठमाडौं (स्पष्टता)|काठमाडौं]],[[पोखरा उपमहानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललितपुर]], बिराटनगर र वीरगंज पछि छैठौ ठूलो शहर हो। धरानमा आधुनीक सहरमा हुनुपर्ने संचार सुविधा, इमेल, इन्टरनेट, मोवाइल, एस टि डी, आइ एस डि लगायतका टेलीफोन सेवा तथा सबै प्रकारका यातायात सेवा उपलब्ध छन। धरानको टेलीफोन कोड ०२५ हो। यहाँ भारत सरकारको सहयोगमा २०२९ सालमा २०२ रोपनी औध्योगिक क्षेत्रमा स्थापना भएका २५ उद्योगमध्ये हालसम्म पनि आधीभन्दा बढी उद्योग सञ्चालनमा छन्।
 
==धरानका विशेषताहरु==