"वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: प्रमुख अस्पताल श्रेणलाई प्रमुख अस्पतालहरूसंग साट्दै
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान''' [[सुनसरी जिल्ला]]को [[धरान]]मा अवस्थित छ। यो प्रतिष्ठान भारत-नेपाल मित्रताको उत्कृष्ट नमुना हो। हाल यो प्रतिष्ठान रहेको ठाउँमा सन् १९९० सम्म बेलायती सेनाको क्याम्प र अस्पताल थियो। सन् १९९३ जुलाईमा संसद्द्वारा स्वायत्त संस्थाका रूपमा सञ्चालन हुने गरी पारित गरेको ऐनअन्तर्गत वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो। त्यसैबेलादेखि २ सय शैय्याको अस्पतालका रूपमा यो सञ्चालित छ।
 
यो प्रतिष्ठानको सन् १९९९ सेप्टेम्बर ९ अर्थात् २०५६ साल भदौ २४मा उदघाटन गरी नेपाललाई हस्तान्तरण गरियो। नेपालको पूर्वाञ्चल क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लाको धरानमा रहेको यो प्रतिष्ठान नेपाल-भारत सिमाबाट ४८ किलोमिटर उत्तरमा छ। यसको सबैभन्दा नजीकको विमानस्थल [[विराटनगर विमानस्थल]] हो, जुन ४२ किलोमिटर दक्षिणमा पर्छ। क्याम्पस क्षेत्र ४ सय ५२ एकड जमीनमा फैलिएको छ।