"मैथिली भाषा" का संशोधनहरू बिचको अन्तर

सा लेख थप्दै
पङ्क्ति ३३:
सन् २००२,मा मैथिली भाषालाई [[भारतको संविधान]]को आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।<ref name=Singh2011>Singh, P., & Singh, A. N. (2011). Finding Mithila between India’s Centre and Periphery. ''Journal of Indian Law & Society'' 2: 147–181.</ref> सन् २००७,मा मैथिलीलाई [[नेपालको संविधान २०७२]]को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको हो ।<ref>Government of Nepal (2007). [http://www.worldstatesmen.org/Nepal_Interim_Constitution2007.pdf Interim Constitution of Nepal 2007]</ref>
भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । <ref name=Sah2013>Sah, K. K. (2013). Some perspectives on Maithili. ''Nepalese Linguistics'' 28: 179–188.</ref> सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् ।<ref>{{cite web|title=विश्व भाषा|url=http://aboutworldlanguages.com/maithili|website=About World Language|accessdate=२ डिसेम्बर २०१४}}</ref>
 
==भौगोलिक अवस्था==
नेपालमा मैथिली [[तराई]]का जिल्लाहरू [[धनुषा जिल्ला|धनुषा]], [[सर्लाही जिल्ला|सर्लाही]], [[महोत्तरी जिल्ला|महोत्तरी]], [[सिरहा जिल्ला|सिरहा]], [[सप्तरी जिल्ला|सप्तरी]], [[सुनसरी जिल्ला|सुनसरी]] र [[मोरङ जिल्ला|मोरङ]]मा बोल्ने गरिन्छ ।<ref name=e16/> यो भाषा विभिन्न जातिहरू र समूहहरू जस्तै [[कायस्थ]], राजपुत, [[ब्राह्मण]], खत्वे, चमार, [[यादव]] र अन्य वर्गद्वारा बोल्ने गरिन्छ ।<ref name=Yadava2013/> संविधानमा समावेस गरिएपछि मैथिलीलाई प्राथमिक शिक्षाको रूपमा विद्यालयहरूमा प्रयोग गर्ने गरिएको छ ।<ref name=Sah2013/>
भारतमा मैथिली उत्तरी [[बिहार]]को [[मधुबनी जिल्ला|मधुबनी]], [[दरभंगा जिल्ला|दरभंगा]], [[सुपौल जिल्ला|सुपौल]] र [[सहरसा जिल्ला|सहरसा]] जिल्लामा व्यापक रूपमा बोल्ने गरिन्छ । मधुबनी र दरभंगालाई यसको द्वार मान्ने गरिन्छ । मातृभाषीहरू भारतको अन्य क्षेत्र जस्तै [[नयाँ दिल्ली]], [[मुम्बई]] र [[कोलकाता]]मा पनि छन् ।
 
== विकास ==
"https://ne.wikipedia.org/wiki/मैथिली_भाषा" बाट अनुप्रेषित