"नेल्सन मन्डेला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
| data3 = ''[[लङ्ग वाक टु फ्रिडम ]]''
}}
'''नेल्सन मण्डेला''' ({{IPA-xh|xoˈliːɬaɬa manˈdeːla|[[झोसाखोसा भाषा|झोसाखोसा]] उच्चारण:}};<ref>{{cite web| title=Mandela| url=http://www.collinsdictionary.com/dictionary/english/mandela| publisher=''[[Collins English Dictionary]]''| accessdate=17 December 2013}}</ref> १८ जुलाई १९१८-५ डिसेम्बर २०१३) [[दक्षिण अफ्रिका]]का प्रथम राष्ट्रपति हुन् । उनी [[दक्षिण अफ्रिका]]को पूर्वी समुन्द्री किनारमा अवस्थित ट्रान्स्के क्षेत्रमा राज गर्ने थेम्बु वंशको राजपरिवारसँग सम्बन्ध राख्ने व्यक्तित्त्व थिए । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुर’बा ङुबेङ्कुकाले ईन्कोशी एन्खुलु अर्थात थेम्बु जनताका राजाका रुपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुर’बा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रहन गयो । यद्यपि, उनकी आमाको जात इक्जिबा थियो र उनका बुबा इन्कोशी जातका थिए, त्यसैले जातीय रुपमा तल परेकाले थेम्बु जातीको राजाको रुपमा रहन उनी सफल रहेनन् । रोलिह्लाह्लाह मण्डेलानै त्यो परिवारका पहिलो व्यक्ति थिए जसले स्कूल पढ्न पाएका थिए, जहाँ उनकी शिक्षिका मिस म्डिङ्गेनले उनलाई अङ्ग्रेजी नाम दिएकी थिइन, जुन थियो “नेल्सन” । जब नेल्सन कक्षा नौमा पढ्दै थिए, त्यही समयमा क्षयरोगका कारण उनका बुबाको निधन भएको थियो र जोङ्गिनतबा उनका अभिभावक बनेका थिए । विद्यार्थी छँदा उनी स्टुडेन्ट्स रिप्रेजेन्टेटिभ काउनसिल (एस.आर.सी.) नामक विश्वविद्यालयीय नीति विरुद्धको संगठनमा आबद्ध भएका थिए । त्यसैका कारण उनलाई फोर्ट हेर विश्वविद्यालयबाट निस्किन भनिएको थियो र पनि उनले त्यो संगठनको चुनावमा भाग लिए । पछि जिवनकालमा जब उनी जेल परे, तब जेलभित्रै बसेर उनले लन्डन विश्वविद्यालयबाट कानुनशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरे । उनको स्वतन्त्रताको यात्रामा दक्षिण अफ्रिकाको विभेदविरुद्धको आन्दोलनका क्रममा उनले [[महात्मा गान्धी]]बाट निकै प्रभावित भएर तिनै विधिहरुलाई अपनाएर आफ्नो आन्दोलनलाई सफल तुल्याएका थिए । मण्डेलाले सन् २००७ को जनवरी २९ र ३० तारिखको दिन [[भारत]]को राजधानी [[नयाँ दिल्ली]]मा आयोजित गान्धीको सत्याग्रह आन्दोलनको १००औ वार्षिक सम्मेलनमा सहभागी भएर दक्षिण अफ्रिकामा पनि उक्त आन्दोलनलाई परिचित गराएको स्पष्ट पारेका थिए । अन्तिम विकल्पका रुपमा गरिने सशस्त्र संघर्षलाई उनले भनेका छन्, वर्षौंसम्म मुलुक पछाडि पर्नु र हिंसा फैलिनुले उनलाई विश्वास दिलायो कि वर्षौंसम्मको अहिंसात्मक आन्दोलनले अफ्रिकी मुलुकको जातीय द्वन्द्वलाई चर्काउने काम मात्रै गर्यो । त्यसले कुनै फाइदा भएन पनि र हुँदैन पनि । दक्षिण अफ्रिकामा पहिलोपटक २७ अप्रिल, सन् १९९४ मा पूर्ण नागरिक अधिकार सहितको बहुजातीय चुनाव भएको थियो । जसमा अफ्रिकन राष्ट्रिय कांग्रेस ६२% मतका साथ विजयी भएको थियो । उक्त अफ्रिकन राष्ट्रिय कांग्रेसको नेता मण्डेलाले पहिलोपटक काला जातीहरुको प्रतिनिधित्व गर्दै १० मे, सन् १९९४ मा राष्ट्रिय एकताको सरकार गठन गरे । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सन् १९९४ को मे देखि १९९९ को जुन महिनासम्म मण्डेलाले साना तथा काला जातीको जीतका रुपमा दक्षिण अफ्रिकामा नयाँ दिन ल्याइदिएकोमा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउनुका साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको बाटोहरु खुले । उनको स्वभावलाई झ्वाट्ट हेर्नुपर्दा उनको एउटा वक्तव्यलाई लिन सकिन्छ – “मेरो जिवनभर अफ्रिकी जनताको संघर्षका लागि आफुलाई खर्चें । मैले गोरा जातीहरुको काला जातीहरु माथिको दमनका लागि लडे । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरु एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरुका साथ बाँच्नेछन् । यो नै एउटा कारण हो, जसका लागि म मर्न तयार छु ।”
 
नेल्सन रोलिह्लाह्ला मण्डेला (जन्म : १८ जुलाई, सन १९१८) सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति हुन् र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन् जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए । राष्ट्रपति हुनु अघि उनी काला जातीका तर्फका कुशल कार्यकर्ता थिए र उम्खोन्तो वे सिज्वे का नेता थिए । जुन अफ्रिकन राष्ट्रिय कांग्रेसको भ्रातृसंगठन थियो । सन् १९६२ मा उनी समातिए र दोषी ठहरिएपछि उनलाई आजिवन जेल सजायको घोषणा सुनाइयो । मण्डेलाले २७ वर्ष जेलमा सेवा गरे । जसमध्येको थुप्रै समय उनले रबेन टापुमा बिताए । सन् १९९० को फेब्रुअरी ११ का दिन जेलमुक्त भएका मण्डेलाले आफ्नो पार्टीको नेतृत्व गर्न थाले, जसलाई उनले १९९४ को बहुजातीय प्रजातन्त्रसम्म पुर्याए । उनले राष्ट्रपतिका रुपमा सन् १९९४ देखि १९९९ सम्म सबैसँगको मेलमिलापलाई महत्व दिन थाले । दक्षिण अफ्रिकामा मण्डेलालाई माडिबा पनि भनिन्छ, जुन उनको झोसा जातको नाम हो । र टाटा पनि उनलाई चिनिने अर्को नाम हो । मण्डेलाले सन् १९९३ को [[नोबेल शान्ति पुरस्कार]] सहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरु पाइसकेका छन् ।
२०१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/495071" बाट अनुप्रेषित