"चना" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Cicer arietinum}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
|binomial_authority = [[Carolus Linnaeus|L.]]
}}
'''चना''' गेडगुडी तरकारी अथवा दालको रूपमा खाइन्छ ।
 
==यसका फाइदाहरु==
 
* चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।
 
* रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
 
* चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
 
* चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
 
* एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पु¥याउँछ ।
 
* चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
 
* रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
 
* चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
 
* रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
 
* बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
 
* चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
 
* नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि
हराएर जान्छन् ।
 
* पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/चना" बाट अनुप्रेषित