"तुलसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४६:
शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई [[विष्णु]]को रूपमा पनि लिइन्छ। ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप [विष्णु]को हुन्छ। अघि सती नारी वृन्दाको श्रापका कारण उनै [[विष्णु]]ले वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने तर्क पनि रहेको छ। तुलसी वृक्षकै रूपमा घरघरमा [[विष्णु]] स्थापित हुने र आषाढशुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिने र कार्तिक शुक्लमा तुलसीको बिहे उनै हरिसाग गराइसकेपछि स्वधाम गमनतर्फ जाने शास्त्रीय मत रहेको छ। सुतलमा भक्त वलिको रक्षार्थ हरिशयन गर्ने क्रममा पनि यसलाई जोडिएको पाइन्छ।
 
युगौ युगदेखि तुलसीको महत्तामहत्व कायमै छ। सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो। द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | कृष्णप्रियासमेत भई गोलोकमा राधिकाको नामले तुलसीलाई पुकारियो। वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो। तुलसी वनलाई नै वृन्दावन भनिन्छ। वृन्दावन पुग्दा मन हषिर्त र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो। मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ। सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ।
 
==Gallery==
"https://ne.wikipedia.org/wiki/तुलसी" बाट अनुप्रेषित