"कागज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Paper}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''कागज'''। अङ्ग्रेजीमा जसलाई 'पेपर' भनिन्छ। यसको व्युत्पत्ति ग्रीसको 'पेपाइरस' (Cyperus papyrus) भन्ने शब्दबाट भएको हो। 'पेपाइरस' एक प्रकारको लामो मलिन घांस हो। जुन घाँस ग्रीसमा प्रशस्त उम्रने गर्दछ। यो घाँस कैयौं मिटर लामो हुने गर्दछ। यसै घाँसको प्रयोगबाट प्राचीन मिश्रवासीहरू एक प्रकारको कागज तयार पार्दथे। त्यसैले कागजको उत्पादन पनि सर्वप्रथम ग्रीसबाट नै भएको मानिन्छ।
 
[[चित्र:ManilaPaper.jpg|thumb]]
 
कागजको'''कागज'''को आविष्कार हुनुअघि मानिसहरू ठूलठूला ढुंगा, शीला ,भोजपत्र, छाला आदिमा कोरेर आफ्नो सामाजिक जीवन र रहनसहनसम्बन्धी चित्रण गर्ने गर्दथे। विस्तारै-विस्तारै मानव सभ्यताको विकास हुँदै गएपछि मानिसहरूलाई आफ्नो भाषा लेख्ने आवश्यकता महसूस हुन थाल्यो। र, यसैको परिणामस्वरूप कागजको आविष्कार हुन गएको हो। तर त्यतिखेर उत्पादन हुने कागज अहिलेको भन्दा बिल्कुलै भिन्न किसिमको हुने गर्दथ्यो। आधुनिक युगमा हामी जुन किसिमको कागज प्रयोग गर्दछौं, त्यसको आविष्कार चाहीं चीनका बासिन्दाहरूले गरेका हुन्। रुखको बोक्रा र बाँसका मसिना चीराहरू प्रयोग गरेर उनीहरू सो कागज निर्माण गर्ने गर्दथे। पछि अरेवियनहरूले कागज बनाउने केही चिनियाँहरूलाई अपहरण गरेर लगी आफ्नै ठाउंमा कागज बनाउन लगाए। फलस्वरूप नवौं शताब्दीतिर कागजको उत्पादन त्यहाँ पनि हुन थाल्यो। त्यसपछि १२ औं शताव्दीतिर आएर कागजको उत्पादन युरोपियन मुलुकहरूमा पनि हुन थाल्यो।
 
व्यापारिकरूपमा कागज उत्पादनको थालनी चाहीँ इटालीको 'फेबि्रयानो' भन्ने ठाउंमा सन् १७२६ बाट भएको हो। तथापि विश्वमा अहिले सबैभन्दा बढी कागजको व्यापारिक उत्पादन फीनल्याण्डमा हुने गर्दछ।सन् १४५०मा आएर प्रेस तथा छापाखानाको आविष्कार भएपछि कागज उत्पादन र उपभोगको क्षेत्रमा पनि निरन्तर वृद्धि भइरहेको छ |
"https://ne.wikipedia.org/wiki/कागज" बाट अनुप्रेषित