"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

विकि शैली पछ्याउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सेवा, पेसा र संलग्नता
पङ्क्ति ३१:
==जीवन==
समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र [[गोरखापत्र]]का सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको ' तानसेनको झरी ' प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ 'मुटुको व्यथा' (१९८६) हो। यसरी सुरु भएको उनको नाट्ययात्रा वि.सं. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्।
 
==सेवा, पेसा र संलग्नता==
*१. सैनिक क्याप्टेन(१९८०)
*२. नेपाली जाँचपास अड्डाका प्रमुख
*३. दरबार स्कूलमा अध्यापन(१९८७)
*४. त्रिचन्द्र कलेजमा प्राध्यापन(१९८७)
*५. नेपाली भाषा प्रकाशनी समितिको अध्यक्ष(१९९०)
*५. सैनिक मेजर(१९९५)
*६. नेपाल रेडियोको निर्देशक(२००८)
*७. सैनिकमा लेफ्टिनेन्ट कर्णेल(२००९)
*.८ गोरखापत्रको सम्पादक(२०१२)
*९. रोयल नेपाल एकेडेमीको सदस्य(२०१४)
*१०.नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति(२०२६)
*११.नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य(२०२८)
*१२.राजसभा स्थायी समितिका सदस्य(२०३०)
 
==कृतिहरू==
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित