"गर्ड मुलर" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:जीवनी जोडियो
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति २९:
| nationalgoals1 = ६८
}}
'''गर्ड मुलर''' ([[अङ्ग्रेजी भाषा|अंग्रेजीअङ्ग्रेजी]]:[[:en:Gerd Müller|Gerd Müller]]) पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद [[अग्रपंक्ति (फुटबल)|स्ट्राइकर]]को रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ बर्ष बिताएका मुलरले [[१९७४ फिफा विश्वकप]] फाइनलमा नेदरल्याण्डविरूद्ध गोल गर्दै तत्कालिन प.जर्मनीलाई दोस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । क्लबस्तरमा [[बायर्न म्युनिख]]मा १५ बर्ष रहेर ४५३ [[बुन्डेस लिगा]] खेलमा ३९८ गोल गरेका थिए । अन्तराष्ट्रिय स्तरमा औसतमा खेलभन्दा बढी गोल गरेका मुलर अन्तराष्ट्रियस्तरमा बढी गोल गर्ने खेलाडीको सुचिमा ११औँ नम्बरमा आउँछन् । उनले ६२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका थिए । उनका उपनामहरू "द नेशन्स बम्बर" र "क्लेन्स डिक्स मुलर" (छोटो मोटो मुलर) हुन् । सन् १९७० को दशकका चर्चित गर्ड मुलर जर्मन समर्थकबीच गोल मेसिनका रूपमा चर्चित छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/गर्ड_मुलर" बाट अनुप्रेषित