"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १७:
==शिक्षा==
 
चैनपुरस्थित स्थानीय [[श्री सरस्वती माध्यमिक विद्यालयबाट]] पूरा गर्दै धरानस्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अंग्रेजीअङ्ग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।
 
स्नातक गरेको लगत्तै [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा आफैले अध्ययन गरेको स्कुल [[श्री सरस्वती मा.वि. चैनपुर]]मा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रूपमा सेवा गरेका श्रेष्ठ। २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए। त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा [[शाही नेपाली सेना]]बाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्‍यो। यसरी गठन गरिएको [[सशस्त्र प्रहरी बल]]को पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए<ref name=hamrosankhuwasabha />।