"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
पङ्क्ति २२:
|type =<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->hindu<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->
}}
'''अक्षय तृतीया''' [[वैशाख]] मासको [[शुक्ल पक्ष]]को [[तृतीया]] तिथिलाई भनिन्छ। [[पुराण]] ग्रंथहरु अनुसार उअस दिन जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ।<ref name="दुनिया">[http://hindi.webdunia.com/religion/occasion/others/1005/15/1100515058_1.htm अक्षय तृतीया : दान का महापर्व ]।वेब दुनिया</ref> यसै कारण अक्षय तृतीया भनिएको हो।<ref name="नवभारत">[http://navbharattimes.indiatimes.com/articleshow/4448085.cms शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ]।नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी</ref> सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर [[वैशाख]] महिनाको तिथि '''स्वयंसिद्ध मुहूर्तहरुमा''' मानिन्छ। [[भविष्य पुराण]] अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, [[सत्य युग]] र [[त्रेता युग]]को प्रारंभ यसै तिथिबाट भएको थियो। भगवान [[विष्णु]]ले नर-नारायण, [[हयग्रीव]] र [[परशुराम अवतार|परशुराम]] को अवतरण पनि यसै तिथिमा भएको थियो।
 
== महत्व ==
पङ्क्ति ३१:
== संस्कृतिमा ==
हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरु छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ ।
यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरुको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैँची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
# शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
# यस दिनबाट सत्ययुग र त्रेतायुगको आरंभ भएको विश्वास गरिन्छ ।
# श्री परशुरामजीको अवतरण पनि यसै दिन भएको थियो ।
# यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
# नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
# हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
# वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
# जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
# यस दिन परशुरामजीको पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
# श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।
 
== स्रोत ==
<references/>
 
पङ्क्ति ५४:
{{सन्दर्भ}}
 
== बाहिरी लिङ्कहरू ==
* [http://assamesenepali.com/article/nepali_articles/charparba.htm वर्षभरिका चाडपर्व]
 
 
[[श्रेणी:हिन्दू पर्व]]
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित