"आगन्तुक च‍रा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-भलाई +भलाइ)
पङ्क्ति १५:
जलचरको बासस्थानमा सुधार, सीमसारको संरक्षण तथा वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत सीमसार संरक्षण तथा सदुपयोग आयोजना सञ्चालन भएपश्चात चराचुरूङ्गीका बासस्थानका लागि कोसीटप्पु र घोडाघोडी तालक्षेत्रमा आएको सुधारसँगसँगै यी क्षेत्रमा चराको सङ्ख्यामा पनि वृद्धि हुन थालेको चराविद्हरूको धारणा छ।
 
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक हुन्छ। पर्यटकीय क्षेत्र कास्कीको सिक्लेसबाट प्रारम्भ गरिएको देशव्यापी 'चरालाई चार' अभियान अन्तर्गत चराबारे जनचेतना, अभिलेखीकरण, प्रजनन केन्द्र स्थापना, आहारा र बासस्थानको खोजी कार्य प्रारम्भलाईप्रारम्भलाइ चरापे्रमीहरूले पछिल्लो नमुनाका रूपमा लिएका छन्। साथै, चरा अवलोकनका क्रियाकलापलाई वृद्धि गरेर, देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट चलाएर तथा चरा प्रजनन केन्द्र खोलेर, अनि बेलाबखतमा गुलेली जफत अभियान चलाएर पनि चरा बचाउका प्रयासहरू हुँदै आएका छन्। यसा प्रकारका कार्यक्रमको विकास हुने र तिनले निरन्तरता पाइरहने हो भने चरा अवलोकनका लागि नेपाललाई उत्कृष्ट आकर्षक गन्तव्यको नयाँ पहिचान बनाउन समय धेरै लाग्दैन पनि।
 
पर्या-प्रणाली (इको-सिस्टम)को अभिन्न अङ्ग मानिने चरा कहाँ, कस्तो प्रजातिको छ ? तिनको चरन र बासस्थान कस्तो छ ? तथा तिनको आनिबानीलगायतका दैनिकी बुझ्न चरा अवलोकन गरिन्छ। नेपालमा चरा हेर्नकै लागि भनेर पनि बाहृय 'बर्ड वाचर' पर्यटक आउने गर्छन्। आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूची प्रतिदिन बढ्दो छ। सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाहृय तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन्। चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश-विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकन पर्यटनको प्रवर्द्धन भइरहेको छ।<ref>पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल गोरखापत्र दैनिक</ref>
"https://ne.wikipedia.org/wiki/आगन्तुक_च‍रा" बाट अनुप्रेषित