"क्वाँटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Kwati 04.jpg|thumb|250px|]]
 
'''क्वाँटी''' यो चाड हिन्दु हरुको महान चाड हो । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । [[शक्ति]] र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । [[मास]], [[भटमास]], [[मुङ]], ठूलो [[केराउ]], सानो केराउ, [[चना]], [[सिमी]] र [[बोडी]]को मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक [[श्रावण शुक्ल पूर्णिमा]] अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् [[ऋषितपर्णी]] पर्व मनाउने गर्दछन् । तागाधारीहरुले [[ऋषि]]को सम्झना गर्दै जलाशय तथा [[धारा]]मा गई माटो, गोबर, [[कुश]], [[खरानी]] अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको [[डोरो]] बांधी [[रक्षाबन्धन]] पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ । जनैपूर्णिमाका अवसरमा [[पाटन]]को [[कुम्भेश्वर]], [[रसुवा]]को [[गोसाइकुण्ड]], नुवाकोटको [[देवीघाट]], म्याग्दीको [[नागीबाराही]] लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । विहान बाह्रमणले जपेको [[डोरो]] हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।
 
 
"https://ne.wikipedia.org/wiki/क्वाँटी" बाट अनुप्रेषित