"विन्डोज १०" का संशोधनहरू बिचको अन्तर

Windows_10.jpg हटाईंदै, कमन्समा Rehmanले Fair use material is not permitted on Wikimedia Commons को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
==विकाश इतिहास==
{{stub}}
पछिल्ला ३० वर्षमा पिसीदेखि मोबाइलसम्म आइपुग्दा माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोजमा धेरै परिवर्तन भएको छ । हालै माइक्रोसफ्टले विन्डोज १० सार्वजनिक गर्यो । उसले यो वर्षभित्र विश्वका सबै ठाउँमा विन्डोज १० पुर्याउने योजना ल्याएको छ । विन्डोज १० ले विन्डोज ८ मा रहेका फिचरहरुमा व्यापक परिवर्तन गर्दैछ । विन्डोज १० बजारमा आएसँगै पिसी, ट्याबलेट र फोनहरुबीचको प्रयोगको भिन्नता पनि हट्ने अड्कल गरिएको छ । यहाँ माइक्रोसफ्ट विन्डोज १ देखि १० सम्म कसरी आइपुग्यो त ? सन् १९८५ देखि हालसम्मको विन्डोजको इतिहासलाई हामीले यसरी प्रस्तुत गरेको छौं :
विन्डोज १.०: १९८५
विन्डोजको यो पहिलो भर्सन खासगरी एमएस–डस (MS-DOS) को एउटा सामान्य प्रारुप थियो । अक्षर तथा चिन्हहरुमा आधारित (character based) यो अपरेटिङ सिस्टम त्यसपछि धेरै पिसीहरुमा प्रयोग भयो । तर, यसको व्यापक प्रयोग भने हुन सकेन ।
 
विन्डोज २.०: १९८७
माइक्रोसफ्ट वर्ड र एक्सेल प्रयोग गर्ने यो विन्डोजको पहिलो अपरेटिङ सिस्टम हो । योसँगै एप्पलले माइक्रोसफ्टलाई Macintosh र Lisa का केही एलिमेन्टहरु चोरेको आरोपमा “look and feel” मुद्दा चलाएको थियो तर यो मुद्दा एप्पलले हार्याे ।
 
विन्डोज ३.०: १९९०
विन्डोज ३.० ले एमएस–डसमा रहेका कमजोरीहरुलाई प्रोग्राम म्यानेजर (Program Manager) जस्तो ग्राफिकल आइकनले हटाउने धेरै प्रयत्न गर्याे । नभन्दै यो नै विन्डोजको पहिलो लोकप्रिय भर्सन पनि बन्न पुग्यो ।
 
विन्डोज ३.१: १९९१
१९९० को दशकको सुरुवाति वर्षमा आएका आइबिएम कम्प्याटिबल पिसीहरुमध्यमा यो विन्डोजको सबैभन्दा स्ट्यान्डर्ड भर्सन हो । साथै एमएस–डस जस्तो देखिने भर्सनहरुमा पनि यो अन्तिम भर्सस हुन पुग्यो ।
 
विन्डोज ९५: १९९५
विन्डोज ९५ ले अपरेटिङ सिस्टम ठूलो फड्को मार्दै कम्प्युटरको दुनियाँलाई नयाँ उचाई पुर्याइदियो । डेक्स्टपको रुपमा आउनुको साथै सबै कुराहरुलाई आइकनमा राख्ने कार्य भयो । इन्टरनेट एक्सप्लोरर्, रिसाइकल बिन तथा स्टार्ट बटन सबै यसमै राखिए । विन्डोज ९५ लन्च भएसँगै यो विश्वभर अत्यन्तै ठूलो चासोको विषय बन्यो । यसको लन्च इभेन्टमा विलगेटलाई अमेरीकाका चर्चित कमेडियन जेइ लिनोले साथ दिएका थिए । किन्ने मान्छेको भिड ब्यापक बन्न पुगेको थियो । २०१२ मा विन्डोज ८ नआउँदासम्म विन्डोज ९५ कै डिजाइको प्रयोग भएको पाइन्छ ।
 
विन्डोज ९८: १९९८
विन्डोज ९८ विन्डोज ९५ जस्तै देखिनुका साथै काम पनि विन्डोज ९५ को जस्तै गर्दथ्यो । यद्यपि विन्डोज ९८ स्थिर थियो भने यसमा केही थप फिचरहरु रहेका थिए ।
विन्डोज एम्इ (मिलेनियम एडिसन): २०००WindowsMEविन्डोज एम्इ आधारभूतरुपमा केही नया कन्सुमर फिचरका साथ आएको विन्डोज ९८ नै थियो । यो खासै धेरै विक्री भएन । छिट्टै एक्स्पी आउँदैछ भन्ने थाहा भएपछि धेरै मानिसले एक्स्पीलाई पर्खिए ।
 
पकेट पिसीका लाथि विन्डोज: २०००
यो समयमा माइक्रोसफ्टले मोबाइल डिभाइसहरुका लागि विन्डोजको पहिलो भर्सन ल्याउने कार्यको थालनी गर्यो । यो विन्डोज सिइ (Windows CE) भनिने नितान्त भिन्न प्रविधिमा आधारित थियो । माइक्रोसफ्टले यस भर्सनमा विन्डोज लोगो र स्टार्ट बटन जस्ता विन्डोजका धरै विशेषताहरु राख्ने प्रयास गर्यो ।
 
विन्डोज एक्स्पी: २००१
२००१ मा विन्डोज एक्स्पी आयो । विन्डोज ९५ पछिको यो नै विन्डोजको पहिलो सबैभन्दा ठूलो अप्डेट बन्न पुग्यो । साथै विन्डोज एक्स्पी एमएस–डसलाई पूर्ण रुपमा विस्थापन गर्नै विन्डोजको पहिलो कन्सुमर भर्सन बन्यो । यसले विन्डोज एन्टी (Windows NT) को जस्तै आधारभूत प्रविधिको प्रयाग गर्याे । विन्डोज एन्टी विन्डोजको शक्तिशाली भर्सन हो जसको प्रयोग सर्भर तथा वर्कस्टेशन पिसीहरुमा गरिन्छ ।
 
विन्डोज मोबाइल ५:
यस समय माइक्रोसफ्टले ब्लाकबेरी र नोकिया फोनहरुसँग प्रतिष्पर्धा गर्न विन्डोज फोनका लागि नयाँ भर्सनहरु निकाल्ले प्रयासमा थियो । माइक्रोसफ्टलाई आइफोन निस्किएर सबै कुरा परिवर्तन गर्दैछ भन्ने पत्तै थिएन ।
 
विन्डोज भिस्टा: २००६
विन्डोज भिस्टा बनाउन माइक्रोसफ्टलाई ५ वर्ष लाग्यो । भिस्टाको निर्माणको क्रममा धेरै गल्तिहरु भए र पून:निर्माणहरु गर्न लामो समय पनि लाग्यो । यो त्यत्रो ठूलो उपलब्धी बन्न सकेन । माइक्रोसफ्टका पूर्व सिइओ स्टिभ बल्मरले कम्पनीले फोनमा नयाँ अवसर खोज्नुको साटो भिस्टामा यत्रो समय र परिश्रम खर्च गरेकोमा पछुताएको बताए ।
 
विन्डोज मोबाइल ६: २००७
विन्डोज मोबाइल ६ माइक्रोसफ्टको ५ वर्ष पुरानो मोबाइल प्लाटफर्मको निरन्तरता थियो । यो २००७ को फेब्रुअरी महिनामा निस्किएको थियो जुनबेला, एप्पलले भर्खरै मात्र आइफोन निकालेको थियो । विन्डोज मोबाइल ६ मा स्टाइलिस किबोर्ड (फिङ्गर टच) को प्रयोग गरिएको थियो । आइफोनको अगाडि भने यो विन्डोज मोबाइल साधारण मात्र थियो ।
 
विन्डोज ७: २००९
भाग्यवश विन्डोज ७ ले माईक्रोसफ्टलाई भिस्टाबाट भएको असफलताबाट माथि उठ्न मद्दत गर्यो । आधारभूतरुपमा विन्डोज ६ भिस्टाको एक परिष्कृत रुप भएपनि भिस्टाभन्दा धेरै सन्तुलित थियो । विन्डोज ७ व्यापारमा अझ पनि प्रसिद्ध रहेको छ । विन्डोज ७ विन्डोज १० मा अप्ग्रेड हुने सबैभन्दा पछिल्लो भर्सन हुनेछ ।
 
विन्डोज फोन: २०१०
माइक्रोसफ्टले आइफोनलाई प्रतिष्प्रधात्मक जवाफ दिन विन्डोज फोन ल्यायो । २०१० मा माइक्रोसफ्टले विन्डोज फोनको पहिलो भर्सन निकाल्यो । विन्डोज मोबाइलबाट ठूलो छलाङ् मारेको विन्डोज फोन पूर्णतया: फ्रिङ्गर–फ्रेन्ड्ली डिजाइन र थुप्रै नया फिचरका साथ आयो । आइफोन र एन्ड्रोइडले द्रुत गतिमा बजार लिरहेको अवस्थामा विन्डोज फोन भने त्यो रुपमा अघि बढ्न सकेन ।
 
विन्डोज ८: २०१२
विन्डोज ८ विन्डोज ट्याब्लेट (windows tablet)३० वर्षदेखि डेक्स्टपमा पाएको सफलतालाई समयअनुकुल बनाउनको साटो माइक्रोसफ्टले विन्डोज फोन अपरेटिङ सिस्टमका निर्माणमा असफल भएपछि फोनमा विन्डोजको मूख्य भर्सनमै राख्यो । यसको मुख्य उद्देश्य भनेको आफ्ना टच स्क्रिन ट्याब्लेटहरुलाई आइप्याड र अन्य सामान्य पिसीहरुसाग प्रतिस्प्रर्धा गराउनु थियो । ट्याब्लेटको इन्टरफेसमा स्टार्ट बटन थिएन, आइकन नराखेर ठूला रंगिन कोठाहरु थिए ।
 
विन्डोज ८ डेक्स्टप
माइक्रोसफ्टले पिसी तथा ट्याब्लेट दुवैमा राम्रो काम गर्ने अपरेटिङ सिस्टमको विकास गर्न नसक्दा दुवैतर्फ राम्रो सफलता पाउन सकेन । विन्डोज ८ रिलिज भएको दुई वर्षभित्रमा पिसीको विक्री १२ प्रतिशतभन्दा धेरैले घट्न पुग्यो । यो समयसम्म आइपुग्दा मानिसमा धेरै विकल्पहरु बजारमा आइसकेका थिए । विन्डोज ८ लाई विन्डोज १० मा अप्ग्रेड गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
 
विन्डोज फोन ८: २०१२xxwindows-phone-8माइक्रोसफ्टले विन्डोज ८ रिलिज गरेकै समयमा मोबाइलको प्लाटफर्मलाई पनि अप्डेट गर्यो । यसको विकासमा धेरै नयाँ कार्यहरु थपिए । विन्डोज फोनमा पनि माइक्रोसफ्टका पिसी र सर्भरमा अपरेटिङ सिस्टममा प्रयोग हुने विन्डोज एन्टी प्रविधिको प्रयोग गरियो । तर एन्ड्रोइड र आइओएसको तुलनामा अझै पनि विन्डोज ८ एक कदम पछाडि नै परेको छ ।
विन्डोज र विन्डोज फोन ८.१:
गत वर्ष माइक्रोसफ्टले पिसी, ट्याब्लेट र मोबाइलाई अप्डेट गरेर यिनलाई अझ नजिक ल्याउने काम गर्यो । विन्डोज ८ मा ठूलो परिवर्तन गर्दैे विन्डोज ८.१ ले स्टार्ट मेन्युमा परिवर्तन गर्यो । विन्डोज ८.१ लाई पनि विन्डोज १० मा अप्ग्रेड गर्न सकिने छ ।विन्डोज १० ले भने पिसी, ट्याब्लेट र फोन प्लाटपर्महरुलाई झनै नजिक ल्याउने माइक्रोसफ्टले घोषणा गरिसकेको छ ।
 
सबैभन्दा पछिल्लो र परिस्कृत विन्डोज १०
माइक्रोसफ्टले हालै विन्डोज १० सार्वजनिक गर्यो । यसमा विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताहरुले एक वर्षका लागि विन्डोज १० मा अप्ग्रेड गर्न पाउाने भएका छन् । विन्डोज १० अझ आकर्षक टास्क बार र स्टार्ट मेन्युलाई पुरा स्क्रिन बनाउन सकिने क्षमताका साथ आएको छ । यसको विल्डमा पनि अप्डेट गरिएको एक्सन बटन रहेको छ जसमा, दाहिने तर्फ नोटिफिकेसन बार रहेको छ । यसतर्फ तपाईको मनपर्ने एपको सर्टकट र सेटिङ पनि रहेको छ । कोर्टाना माइक्रोसफ्टले विन्डोज १० का लागि ल्याएको भोइस असिस्टेन्ट हो । आफूले जान्न चाहेका सवालहरु जस्तो मौसम, फ्लाइट ट्राकिङ् र अन्य ठाउा विशेषका जिज्ञासाहरु सोधेर तिनको जवाफ प्रप्त गर्न सकिन्छ । त्यस्तै आफ्नो अप्रेटिङ सिस्टमलाई सबै प्लाटफर्ममा पुर्याउनका लागि माइक्रोसफ्टले ८ इन्च वा सोभन्दा साना आकारका डिभाइसहरु जस्तो स्मार्टफोन वा सना ट्याब्लेटमा विन्डोज १० कस्तो हुनेछ भनेर देखाएको छ । त्यस्तै अब पिसी तथा मोबाइलमा विन्डोज १० एकै प्रकृतिले काम गर्नेछ । विश्वव्यापी अनुभव एउटै बनाउनका लागि माइक्रोसफ्टले आफ्ना एपहरुलाई पुन: परिमार्जन गरेको हो । अर्को विशेषताको रूपमा माइक्रोसफ्टले लामो समयदेखि प्रतीक्षा गरेको नयाँ ब्राउजर “स्पार्टन” ल्याएको छ । यस ब्राउजरले गुगल क्रोमलाई पनि चुनौति दिने आंकलन गरिएको छ । प्रयोगकर्ताले ब्रउजरले राखेको “रिडिङ् लिस्ट” मा पछि पढ्नका लागि वेबपेजहरु अफलाइनमा सेभ पनि गर्न सक्नेछन् । त्यस्तै विन्डोज १० मा रहेको एक्सबक्स एपले गेमरहरुलाई एक्सबक्स लाइभमा रहेका आफ्ना साथीहरुबीच भोइस र टेक्स्ट च्याट गर्न सक्ने सुविधा दिएको छ । भिडियो गेमका क्लिप्सहरुलाई इन्स्ट्राग्राममा जस्तै गरी सेयर पनि गर्न सकिने छ । अर्को महत्त्वपूर्ण फिचरको रूपमा माइक्रोसफ्टले ब्यवसायका लागि फोके डिस्प्ले स्क्रिन भएको माइक्रोसफ्ट सर्फेस हब सार्वजनिक गरेको छ । विन्डोज १० मा आधारित साँच्चै नै ठूलो आकारको यस ट्याबलेटबाट सोकेस प्रेजेन्टेसन, स्काइप कलहरु र वाइटवोर्डमा जस्तै गरि यसमा लेख्न सकिन्छ ।
==यो पनि हेर्नुहोस्==
 
"https://ne.wikipedia.org/wiki/विन्डोज_१०" बाट अनुप्रेषित