"भूमे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
मगर समुदायको चर्चित पर्व '''भूमे''' १८ मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ। भूमे पूजालाई कसै कसैले (बिशेषविशेष गरेर नेपाली भाषीहरूले) [[बलपूजा]] भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ |
 
भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन्| हरेक बर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ। बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरि करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् | '''अन्न जोगाउन प्रकृतिको पूजा''' :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,' मगर संघ सँग सम्बद्द कीर्तिमान पुन का अनुसार 'खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ।' बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ।
"https://ne.wikipedia.org/wiki/भूमे" बाट अनुप्रेषित