"शास्त्रीय सङ्गीत" का संशोधनहरू बिचको अन्तर

सा →‎नेपालमा शास्त्रीय संगीत: हिज्जे मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ५:
==नेपालमा शास्त्रीय संगीत ==
 
सन् १८५७मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तमा शासन चलाइरहेकाचलाईरहेका हिन्दू राजा, महाराजा तथा मुसलमान नवाबहरू पलायन भएर गए। यसको प्रत्यक्ष असर शास्त्रीयसङ्गीतमा पनि देखियो। कारण शास्त्रीयसङ्गीत सधैँ कुनै न कुनै शासकहरूको संरक्षणमा हुन्थ्यो। त्यतिबेलाका शास्त्रीयसङ्गीतका कलाकारहरू राजाश्रय पाएर बसेका हुन्थे। दरबारमा उनीहरूको ठूलो पद र इज्जत हुन्थ्यो। कलाकारहरू पलायन हँुदै गइरहेको सरकारबाट उदाउँदै गइरहेको शासकतिर संरक्षण तथा आश्रयका लागि सर्दै जान्थ्यो। जस्तै १३ औं शताब्दीदेखि दिल्ली केन्दि्रत सरकार दिल्ली सुर्तानेट, १६ औंँ शताब्दि देखि दिल्ली, आगरा केन्दि्रत मुगल साम्राज्य र मुगलशासन पनि विस्तारै पलायन हुँदै गएपछि १८ औँ शताब्दीको अन्ततिर उत्तर-भारतका विभिन्न प्रान्तहरूका राज्यहरू उदाउन थाले। त्यहाँका दरबार, महलहरूमा कलाकारले फेरि राजाश्रय पाएका थिए।
 
यसरी इतिहासमा शास्त्रीयसङ्गीतले क्रमबद्ध रूपमा राजाश्रय पाउँदै जानु नै उत्तर-भारतीय सङ्गीत पनि क्रमबद्ध रूपमा विकास हुँदै जानुको मुख्य कारण थियो। एक्कासी सन् १८५७ पछि सबै प्रान्तीय शासकहरू कमजोर हँुदै गए। यसको कारण शास्त्रीयसङ्गीतले कुनै शक्तिबाट संरक्षण नपाएर भौँतारिरहनुपरेको थियो। तर पनि शास्त्रीयसङ्गीतको अस्तित्व, परम्परा अनि कलाकारहरूले आफ्नो आर्थिक स्थितिलाई जोगाइराख्न कतिपय कलाकारहरू दरबारबाट सडक, कोठी, भट्टी, बेश्याबृत्तिको क्षेत्रमा समेत सङ्गीतको उपयोग गर्न बाध्य भए। कोठीमा नाच्ने तबायफदेखि थिएटर तथा सडकमा नाच्ने नौटङ्कीहरूलाई सिकाउनुपर्ने र उनीहरूसँग गाउनु, बजाउनु पर्ने अवस्थासमेत सिर्जना भएर आयो। समाजमा यसलाई हेर्ने दृष्टिकोण नै फरक भइसकेको थियो। त्यस्तो अवस्थामा नेपालमा भने त्यसबेला राणाशासकहरूले यसलाई दरबारमा आश्रय दिएर शास्त्रीयसङ्गीतकर्मीहरूको दयनीय अवस्थालाई आशाको दियोमा परिणत गरिदिएका थिए।