"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ६७:
===सेतुको पौराणिक सन्दर्भ===
 
पुरा भारत, दक्षिण पूर्व एसिया र पूर्व एसियाको धेरै देशहरुमा हरेक बर्ष दशैंमा र रामको जीवनमा आधारित सबै तरिकाको नृत्य-नाटकमा सेतु बंधनको वर्णन गर्ने गरिएको छ । श्रीरामले बनाएको यस पुलको वर्णन [[रामायण]]मा त छदै छ, [[महाभारत]]मा पनि श्री रामको नल सेतुको जिकिर गरिएको छ । [[कालीदास]]को [[रघुवंश]]मा पनि सेतुको वर्णन छ । अनेक पुराणहरुमा पनि श्रीरामसेतुको विवरण आउँछ । इनसाइक्लोपेडिया ब्रिटेनिकामा यसलाई एडम्स ब्रिज संगै राम सेतु भनिएको छ । नासा र भारतीय सेटेलाइटसेटेलाईट देखि लिइएको चित्रहरुमा धनुषकोटि देखि जाफना सम्म जुन एक पातुलो द्वीपहरूलाई रेखा देखिन्छ, त्यसलाई नै आज रामसेतुको नामले चिनिन्छ । त्यहि पुललाई पछी एडम्स ब्रिजको नाम दिइयो ।
 
==तिर्थ==
पङ्क्ति १००:
 
===सीता कुण्ड===
रामेश्वरमको समुन्द्रमा धेरै विशेष स्थान यस्तो रहेको छ, जहाँ स्नान गर्दा पाप-मोचक हुन्छ । रामनाथजीको मन्दिरको पूर्वी द्वारको अगाडी बनेको सीताकुंड यिनीहरूमा मुख्य रहेको छ । भनिन्छ कि यही त्यो स्थान हो, जहाँ सीताजीले आफ्नो सतीत्व सिद्ध गर्नको लागि आगोमा प्रवेश गरेकी थिइन् । सीताजीले यस्तो गर्ने बित्तिकै आगो निभ्यो र अग्नि-कुण्डबाट पानी निस्किन थाल्यो । त्यहि स्थानलाइस्थानलाई हाल ‘सीताकुण्ड’ भनिन्छ । यहाँ समुन्द्रको तट आधा गोलाकार छ । सागर एकदमै शान्त हुन्छ । यस कारण यसो हेर्दा यो ताल जस्तो देखिन्छ । यहाँ बिना कुनै खतरा स्नान गर्न सकिन्छ । यहीं हनुमान कुण्डमा पौडिदै गरेको ढुंगा देखिन्छ ।
 
===आदि-सेतु===