"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई))
माथि तथ्याङ्कहरू मात्र विश्लेषण गरियो। तथ्याङ्कहरू विकासका आधार होइनन् किनभने नेपालमा विकासका नाममा प्रस्ताव लेख्ने र प्रतिवेदन मात्र लेख्ने चलन छ। त्यसैले कागजी तथ्याङ्कहरू विकास नभए पनि तयार गरिन्छ र गरिएको छ। त्यही तथ्याङ्कहरू हुन माथि उल्लेख गरिएका।
तर, विकासका लागि साँच्चै इमान्दार भएर लाग्ने हो भने रामेछाप यति सम्पन्न छ कि देशलाई नै धनी बनाउन सकिने अवस्था छ। हिजो हाम्रा पुर्खाले ठोसेबाट फलाम र तामा निकालेर तिब्बतसम्म ब्यापार गरेका थिए। तर, अहिले हामी सिलाङको फलाम प्रयोग गरिरहेका छौं। उब्जनीयुक्त हजारौ रोपनी जमीन बाँझो छ, हामी भारतबाट आयातित चामल र तरकारी उपभोग गरिरहेका छौं। यसलाई त्याग्न सक्नु पहिलो अवश्यकता हो। तरकारी र फलफूल उत्पादन गरेर हामी राजधानीलाई बेच्न सक्ने भौगोलिक दूरीमा छौ।
दर्जनौ नदीनाला छन्। विद्युत हामीले केन्द्रीय प्रसारण लाइनबाटलाईनबाट बालिरहेका र्छौ। यसका लागि स्थानीय नदी र खोला प्रयोग गर्ने हो भने हामी विद्युत बेच्न सक्छौ हामीलाई केन्द्रीय प्रसारणबाट विद्युत लिनुपर्ने आवश्यकता रहन्न। नदीहरू वा नदी किनारमा माछा पालेरै भए पनि आर्थिक उपार्जन गर्न सक्छौ।
महत्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजंगलमा खेर गइरहेका छन्। यहाँसम्मकी पाँचपोखरी क्षेत्रमा यार्सागुम्बासमेत पाइने गरेको छ। यसलाई हामीले उपयोग गर्न सकिने प्रवल सम्भावनाहरू छन्। सूचना प्रविधिको प्रयोग गरेर हामीले हाम्रा उत्पादनहरूको बजार खोज्न सक्ने सम्भावना विकास भइसकेको अवस्थामा अब सधैं परनिर्भर भएर बस्नु हुन्न।
आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै लिनेछ। त्यसैले सिर्जनशील भएर आफ्नै माटोमा पसिना बगाउन सकिने वातावरणतिर हामी जहाँ जुन अवस्थामा रहेपनि आजैबाट सोच्नु जरुरी भइसकेको छ।
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/487444" बाट अनुप्रेषित